बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

नवौँ देवदह महोत्सव : सामाजिक संघसंस्थाहरुसंग समन्वयात्मक बैठक

नवौँ देवदह महोत्सव : सामाजिक संघसंस्थाहरुसंग समन्वयात्मक बैठक

images
  • 414
    SHARES

  • images
    images
    images
    नवौँ देवदह महोत्सव : सामाजिक संघसंस्थाहरुसंग समन्वयात्मक बैठक
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । नवौं देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०८१ को अन्तिम तयारीमा जुटेको देवदह व्यापार संघले विभिन्न संघसंस्थाहरुसंगको समुहगत बैठक र अन्तरक्रियालाई निरन्तरता दिएको छ । 

     

    images
    images
    images

    IMG-20250119-WA0004.jpg

     

    नगरमा रहेका टोल विकास संस्था, महिला÷आमा समूह, महिला स्वास्थ्य स्वयम्सेविका तथा विभिन्न संघसंस्थाहरु बिच अन्तरक्रिया भएको हो । 

    ‘अन्तरक्रियामा मेलालाई व्यवस्थित र सफल पार्नका लागि आ–आफ्नो क्षेत्रबाट भुमिका निभाउने विषयमा छलफल भएको छ ।’ संस्थाका उपाध्यक्ष पिताम्वर खरेलले भने, ‘केहि सुझाव सहित सहभागिहरुले एकमतले महोत्सवलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।’

    कार्यक्रममा ¥याली व्यवस्थापन उपसमिति संयोजक विष्णु ज्ञवाली, टोल विकास संस्था व्यवस्थापन तथा संघसंस्था व्यवस्थापन उप समिति संयोजक भिमलाल काफ्ले तथा आमा समूह व्यवस्थापन उप समितिका संयोजक विष्णु भारतीले आ–आफ्नो उपसमितिका कार्यप्रगतिबारे जानकारी गराएका थिए ।

    सो अवसरमा ब्राहृमण समाजका सचिव होमप्रसाद पाठक, टोल विकास संस्थाका मित्र वन्धु रेग्मी, योगेन्द्र सारु, आमा समुहका केशुमाया श्रेष्ठ, रमादेवी न्यौपाने, स्वयम्सेविका टिका भुर्तेल लगाएतले बोल्दै महोत्सवले सवै संघसंस्थाको अस्तित्वलाई आत्मसाथ गर्नुपर्ने सुझाव दिए ।

    ‘औद्योगिक व्यापार विविधिकरण, पर्यटन प्रवद्र्धन एवम् व्यावसायिक कृषि नै समृद्ध राष्ट्रको आधार’, ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नारासहित यहि माघ १० गतेदेखि २२ गतेसम्म देवदह मण्डप बुद्धनगरमा महोत्सव सञ्चालन हुँदैछ ।

    संघले मेला सम्पन्न गर्नका लागि यसअघि मुल आयोजक सहित अन्य ३४ वटा उप–समिति गठन गरिसकेको जनाएको छ । मेलालाई व्यवस्थित र मर्यादिन बनाउनका लागि संघका अध्यक्ष कोषबहादुर गुरुङ्ग संयोजक र बरिष्ठ उपाध्यक्ष माधव ढकाल सह–संयोजक रहेको मुल आयोजक समिति निर्माण गराएको महासचिब हरिलाल भण्डारीले बताए ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij