बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदह महोत्सवको तयारी तीब्र : टिकट बिक्रीको ५ प्रतिशत रकमले देवदह मण्डप विकास कोष स्थापना गर्ने

देवदह महोत्सवको तयारी तीब्र : टिकट बिक्रीको ५ प्रतिशत रकमले देवदह मण्डप विकास कोष स्थापना गर्ने

images
  • 838
    SHARES

  • images
    images
    images
    देवदह महोत्सवको तयारी तीब्र : टिकट बिक्रीको ५ प्रतिशत रकमले देवदह मण्डप विकास कोष स्थापना गर्ने
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा माघ १० गतेदेखि सुरु हुने ब्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ।मङ्गलबार देवदह-९ बुद्दनगर मेला स्थलमा पत्रकार सम्मेलनको आयोजना गरि मेलाको तयारीबारे जानकारी गराइएको हो।

    नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्ने मेलामा १० करोडको कारोबार गर्ने र ६ लाख दर्शकले मेलाको अवलोकन गर्ने लक्ष्य राखिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

    images
    images
    images

    स्थानीय उत्पादनको प्रबर्द्धन गर्ने ,आर्थिक चलामयन बनाउने, पालिकामा रहेका लघु घरेलु स्थानिय व्यापार तथा उद्योग व्यापारलाई प्रबर्द्धन गर्ने उदेश्यले ९ औं देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवको आयोजना गरिएको आयोजक संस्था देवदह व्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङले बताउनुभयो ।

    मेलामा प्राचीन मायादेवी ग्राम सहितको मोडल, पर्यटन, कृषि प्रबर्द्धन सम्बन्धि गोष्ठी, पन्चेबाजा प्रतियोगिता, आकर्षक सेल्फी जोन, डान्सिङ आइडल, सिङ्गिङ आइडल, मम्मी डान्स प्रतियोगिता, खेलकुद ,स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, विभिन्न जातजाति तथा आमासमूहहरूकाे झाकी तथा विद्यालय स्तरीय प्रतियोगिता रहने अध्यक्ष गुरुङले जानकारी दिनुभयो।

    मेला विभिन्न किसिमका २५७ वटा स्टलमा रहने जसमा स्थानिय घरेलु उत्पादन ,अटाे माेबाईल्स हाेटल रेष्टुरेन्ट, कृषि, दुग्ध उत्पादन, सहकारी संस्था तथा महिला उद्यमीले उत्पादन गरेकाे हस्तकला, कृषि जन्य सामाग्री लगायतका स्टल रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। मेलामा सर्वसाधारणलाई ६० रुपैयाँ, विद्यार्थीलाई ४० र जेष्ठ नागरिकलाई निशुल्क प्रवेशकाे व्यवस्था मिलाईएकाे आयोजकले जनाएको छ।

    त्यस्तै देवदह मण्डपको पूर्वाधार विकासको लागि टिकट बिक्रीबाट प्राप्त रकमको ५ प्रतिशत छुट्याएर देवदह मण्डप विकास कोष स्थापना गर्ने र पूर्वाधार निर्माणका लागि देवदहमा क्रियाशिल व्यापारिक संस्थासङ्ग कोषलाई निरन्तरता दिन अनुरोध गर्ने अध्यक्ष गुरुङको भनाई थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij