बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

मगर संसार फोटो ग्यालरी ग्रुपद्वारा देवदहका थापा मगरलाई उपचारका लागी आर्थिक सहयोग

मगर संसार फोटो ग्यालरी ग्रुपद्वारा देवदहका थापा मगरलाई उपचारका लागी आर्थिक सहयोग

images
  • 652
    SHARES

  • images
    images
    images
    मगर संसार फोटो ग्यालरी ग्रुपद्वारा देवदहका थापा मगरलाई उपचारका लागी आर्थिक सहयोग
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । सामाजिक कार्यमा निरन्तर रुपमा क्रियाशिल फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरीले रुपन्देहीको देवदहका अशक्त विरामीलाई आर्थिक सहयोग गरेको छ। समूहले शनिबार देवदह -५ दाउन्ने निवासी २९ वर्षीय अशोक थापा मगरलाई उपचारका लागी सहयोग गरेको हो।

    मगर संसार फोटो ग्यालरी ग्रुपका संस्थापक अध्यक्ष अनिल लामिछाने मगरको पहलमा सामाजिक सञ्जालमार्फत संकलन भएको ६५ हजार ११५ रुपैयाँ कम्म्मर मुनिको भाग नचल्ने,पूर्ण अशक्त, अपांग रहेको साथै निमोनिया र फोक्सो सम्बन्धि रोग लागेर लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार्थ थापालाई उपचारमा थप सहजताका लागि सहयोग गरिएको ग्रुपका एडमिन जस्मिन पचभैया मगरले जानकारी दिनुभयो।

    images
    images
    images

    फोटो ग्यालरी समूहले यस अगाडि पनि आर्थिक अभावका कारण उपचार गर्न नसकेका अशक्त र असाहय विरामीहरुको लागि सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने एडमिन सागर झेडी मगरले बताउनुभयो।

    सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल मगर संघ रुपन्देहीका जिल्ला सदस्य शोभा कुमारी थापा मगरले फोटो ग्यालरीको सहयोगको सराहना गर्दै बिरामी अशोकको उपचारमा सहयोग गर्ने सहयोगीदाताहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।

    मगर संसार फोटो ग्यालरीले हाल सम्म २ सय ५० जना उपचारका लागि आर्थिक अभाव भएका विपन्न नागरिकहरुलाई आर्थिक सहयोग गरिसकेको र घर समेत निर्माण गरि हस्तान्तरण गरेको मगर संसार फोटो ग्यालरीका संस्थापक अध्यक्ष अनिल लामिछाने मगरले जानकारी दिनुभयो।

    रकम हस्तान्तरण कार्यक्रममा नेपाल मगर संघ देवदह नगर कमिटीका उपाध्यक्ष किशन बहादुर थापा, सचीव मिलन माश्की राना, एडमिन अमिर मगर, उपचारका लागि रकम संकलनमा समन्वय गर्ने भिम बहादुर आले, विरामीका आफन्तको सहभागीता रहेको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij