सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदह महोत्सव भएको विज्ञान तथा प्रविधि प्रदर्शनीमा केरवानी मावी प्रथम

देवदह महोत्सव भएको विज्ञान तथा प्रविधि प्रदर्शनीमा केरवानी मावी प्रथम

images
  • 455
    SHARES

  • images
    images
    images
    देवदह महोत्सव भएको विज्ञान तथा प्रविधि प्रदर्शनीमा केरवानी मावी प्रथम
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रूपन्देहीको देवदहमा सञ्चालन भईरहेको ९ औंं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा आयोजना गरिएको विज्ञान तथा प्रविधि प्रदर्शनीको नतिजा सार्वजनिक भएको छ । महोत्सव स्थलमा भएको विज्ञान तथा प्रविधि प्रदर्शनीमा देवदह क्षेत्रका १० वटा विद्यालयको सहभागिता रहेको थियो । विज्ञान तथा प्रविधि प्रदर्शनीमा ११७.५ अंकका साथ केरवानी माध्यमिक विद्यालय देवदह–५, प्रथम भएको छ ।

    यसैगरी ११५ अंकका साथ सगरमाथा आवासीय माध्यमिक विद्यालय देवदह–७, शितलनगर द्धितिय, ९७ अंकका साथ न्यू नमुना ईङलिस बोडिङ्ग स्कुल देवदह–८, भलुही तृतिय भएको छ । यसैगरी ९२ अंकका साथ सेभेनस्टार बोडिङ्ग स्कुल चौथो, ९१ अंकका साथ देवदह मदरटङ्गस एकेडेमी पाचौ, ८९ं.५ अंकका साथ बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालय छैठो, ८९ अंकका साथ देवदह ईङलिस बोडिङ्ग स्कुल सातौ, ८८.५ अंकका साथ सिता माध्यमिक विद्यालय आठौ, ८३ अंकका साथ युगज्योति माध्यमिक विद्यालय नवौ स्थान प्राप्त गर्न सफल भएको निर्णायक संयोजक चिरञ्जीवि रेग्मीले जानकारी दिनु भयो ।

    images
    images
    images

    ९ औंं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव अन्र्तगत चौथो दिन डान्सिङ्ग आईडलको दोश्रो राउण्ड सम्पन्न भएको छ । दोश्रो राउण्डमा १२ जना रहेकोमा तेश्रो राउण्डको लागि १० जना छनोट भएको छ । प्रतियोगिताको दोश्रो राउण्डमा २ जना कलाकार बाहिरिएको सांस्कृति उपसमितिका संयोजक पिताम्वर खरेलले जानकारी दिनु भयो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij