माघ १५ देवदह । देवदहमा पर्यटनका सम्भावना र चुनौती विषयक गोष्ठी सम्पन्न भएको छ।पर्यटन प्रबर्द्धनको विकासको लागि स्थानीय तहले स्पष्ट योजना अगाडि सार्न आवश्यक रहेको उक्त कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको भौतिक विकास संगै सौन्दर्यकरण गर्नुपर्नेमा जोड दिएका थिए । देवदहमा संचालित ९ औं राष्ट्यि देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको अवसरमा आयोजित देवदहमा पर्यटन विकासका संभावना र चुनौती विषयक गोष्ठीमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । उनीहरुले स्थानीय तहले पर्यटनको नारा अगाडि सारेपनि पर्यटन प्रबर्द्धन क्षेत्रमा योजनागत रुपमा काम गर्न नसकेको गुनासो गरेका थिए ।
कार्यपत्र प्रस्तुत गर्दै रामबहादुर गुरुगले पर्यटन प्रवद्र्धनको लागि गुरुयोजना बनाएर अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिनु भयो । उहाले पर्यटनको विकास विना समृद्ध देवदहको परिकल्पना गर्न नसकिने बताउदै पर्यटनका संभावनाहरु खोजी गर्न आवश्यक रहेकोमा जोड दिनु भयो । उहाले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न विभिन्न पार्कहरुको प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनु भयो ।
कार्यपत्र माथि टिपपणी गर्दै यम रानाले पर्यटकीय क्षेत्रको वर्गीकरण गर्न आवश्यक रहेकोमा जोड दिनु भयो । उहाले केही समय देखि नकरात्मक कुराहरु बढि हुने गरेको बताउदै विकासको लागि सकरात्मक सोचको आवश्यक रहेकोमा जोड दिनु भयो । उहाले देवदह नगरपालिकाले कृषि र पर्यटनलाई आफनो नाराको रुपमा अगाडि सारेपनि अहिले सम्म पर्यटन समिति गठन गर्न नसकेको गुनासो गर्नु भयो । उहाले देवदहमा आउने पर्यटकलाई यस क्षेत्रको वारेमा जानकारी दिन सक्ने पर्यटन गाईड उत्पादन गर्नुपर्ने बताउनु भयो । उहाले देवदह नगरपालिकाले निर्माण गरिएको पर्यटन गुरुयोजनालाई परिमार्जन गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले कार्यपत्रले उठाएका विषय वस्तुलाई आवश्यक छलफल गरी योजना बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
महोत्सव अन्र्तगत गठन भएको पर्यटन, प्रबर्द्धन एवं तालिम गोष्ठी उपपसमितिका संयोजक ईश्वरी न्योपानेको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रवक्ता गणेश डुम्रे, वडाअध्यक्ष मोहन जिसी, दिपक न्यौपाने, जयकिशन अधिकारी, प्रमोद खनाल, प्रकाश अर्याल, कृष्णप्रसाद पौडेल, टंकप्रसाद पोखरेल, तिलोचन दहाल, सरस्वती वस्याल, निर्मल एसपी मगर, गुनाखर भुर्तेल, विष्णुप्रसाद पोखरेल लगायतले आआफना भनाई राखेका थिए ।
चन्द्रकान्त पराजुलीको स्वागत र शुसिला भट्राईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij