लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा माघ १० गतेदेखि सुरु भएको नवौं देवदह राष्ट्रिय औद्योगिक व्यापार मेला पर्यटन महोत्सवको ११ औं दिन राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक पिताम्बर खरेलले जानकारी दिनुभएको छ।
महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत आइतबार पछिल्लो समय चर्चित म त ढले ढले... गितकी गायिका शान्ता रानी परियार, र्याप गित मन पराउनेहरुको लागि युवा पुस्तामाझ चर्चित र्यापर जि बब, त्यस्तै लोक दोहोरी गित गाएर चर्चा कमाउन सफल लोक दोहोरी गायक श्याम राना र राम प्रसाद पौडेलको प्रस्तुति रहनेछ।
"हामी स्थानीय उत्पादनको प्रदर्शन सङ्गै दर्शकहरुलाई धेरै भन्दा धेरै सास्कृतिक कार्यक्रम मार्फत दर्शकलाई मनोरञ्जन दिन चाहान्छौ, मेला मूल आयोजक समितिका संयोजक कोष बहादुर गुरुङले भन्नुभयो।
महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, अन्तर टोल विकास संस्था दोरी तान्ने प्रतियोगिता, वडा स्तरीय भलिबल प्रतियोगिता, मम्मी डान्सिङ्ग आइडल, लोक भजन प्रतियोगिता सम्पन्न भैसकेको छ।
त्यस्तै पन्चेबाजा प्रतियोगिता आज हुँदैछ भने डान्सिङ आइडल र सिङ्गिङ आइडल जारी छ।महोत्सवमा ६ लाख दर्शकले अवलोकन गर्ने र १० करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij