मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

डोरी तान्ने प्रतियोगितामा संगम टोल विकास संस्था प्रथम

डोरी तान्ने प्रतियोगितामा संगम टोल विकास संस्था प्रथम

images
  • 555
    SHARES

  • images
    images
    images
    डोरी तान्ने प्रतियोगितामा संगम टोल विकास संस्था प्रथम
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा अन्तर टोल विकास संस्था वीच डोरी तान प्रतियोगिता सम्पन्न भएको छ । देवदह क्षेत्रका १२ वटा टोल विकास संस्थाहरुको सहभागिता रहेको प्रतियोगितामा संगम टोल विकास संस्था देवदह–३ प्रथम भएको छ ।

    प्रतियोगिताको फाईनल खेलमा संगम पाल्पाली देवदह–५, लाई सोझो सेटमा पराजित गर्दै संगम टोल विकास संस्था देवदह–३ प्रथम हुन सफल भएको हो । प्रतियोगितामा संगम पाल्पाली देवदह–५, द्धितिय र केशव मार्ग देवदह–७, तृतिय भएको खेल संयोजक खेमराज चापागाईले जानकारी दिनु भयो ।

    images
    images
    images

    प्रतियोगितामा संगम पाल्पालीले केशव मार्गलाई हराउदै फाईनलमा प्रवेश गरेको थियो भने संगम टोल वाई परेको थियो । प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ हजार, द्धितिय हुने टिमले नगद १० हजार र तृतिय हुने टिमले नगद ५ हजार प्राप्त गरेको संयोजक चापागाईले जानकारी दिनु भयो । 

    प्रतियोगिताका विजेता टिमलाई देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेल र देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्गले पुरस्कार प्रदान गरेका थिए । खेल संयोजक खेमराज चापागाईको अध्यक्षता, नगर प्रमुख खरेलको प्रमुख आतिथ्यता र महासचिव हरिलाल भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij