सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नवौं देवदह महोत्सव सकियो : १० करोडको कारोबार, ६ लाख दर्शकद्वारा अवलोकन

नवौं देवदह महोत्सव सकियो : १० करोडको कारोबार, ६ लाख दर्शकद्वारा अवलोकन

नवौं देवदह महोत्सव

images
  • 493
    SHARES

  • images
    images
    images
    नवौं देवदह महोत्सव सकियो : १० करोडको कारोबार, ६ लाख दर्शकद्वारा अवलोकन
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव-२०८१ आज भव्य समारोहका बिच समापन गरिएको छ । देवदह व्यापार संघको आयोजना तथा देवदह नगरपालिकाको संरक्षकत्वमा संचालित व्यापार मेला माघ १० गते देखि सुरु भएको थियो ।

    समापन समारोहलाई सम्बोधन गर्दै नेपाल सरकारका पुर्व कृषि मन्त्री तथा रुपन्देही क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य छबिलाल विश्वकर्माले देवदहको वृहत्तर विकासका लागि लुम्बिनीसँग जोड्न आवश्यक रहेको बताउनुभयो। उहाँले पुरातात्त्विक विभागले धेरै अनुसन्धान गरे पनि निष्कर्षमा पुग्न नसकेको भन्दै थप गहिरो अध्ययन र ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभयो। बुद्धकालीन ऐतिहासिक रोहिणी नदी देवदहसँग जोडिएको गौरवको विषय भएकोले यसको संरक्षण र प्रवर्द्धनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो।

    images
    images
    images

    साँचिकै बुद्धको मावलीका रूपमा देवदहलाई स्थापित गर्न सबैको सहकार्य आवश्यक रहेको औंल्याउँदै सांसद विश्वकर्माले उद्योग, कृषि र व्यवसायको विकासमा टेवा पुर्‍याउन महोत्सव आयोजना गरिएको स्पष्ट गर्नुभयो । साथै, स्थानीय उत्पादनको प्रवर्द्धन, जनताको आधारभूत समस्याको समाधान, र युवापलायनको अन्त्य गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्नु समाजको प्रगतिको लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले देवदह क्षेत्रको पर्यटकीय सम्भावना र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा पालिकाको सक्रिय भूमिका अपरिहार्य रहेको जोड दिनुभयो।

    यसैगरि समापन कार्यक्रमका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक कोष बहादुर गुरुङले मेला अपेक्षा गरे भन्दा बढि सफल रुपमा सम्पन्न भएको जनाउनुभयो । उहाले मेलालाई सफल तुल्याउन देवदह नगरपालिका, स्थानिय संघसस्था, उद्योगि व्यवसायी, नगरबासि, सुरक्षाकर्मि र सम्पुर्ण मिडियाहरुले उल्लेखनिय सहयोग गरेको बताउदै सम्पुर्ण सहयोगिहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । मेलामा लक्ष्य लिए अनुरुप ६ लाख दर्शक र १० करोड भन्दा बढिको आर्थिक कारोबार भएको उहाले जानकारी दिनुभयो ।

    देवदह व्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेल, नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङ, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलको नेताहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, लगाएतको उपस्थिति रहेको थियो । संस्थाको वरिष्ठ उपाध्यक्ष माधव ढकालको स्वागत र महासचिव हरी भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij