लुम्बिनी पाना, चितवन । चितवन जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।लामिछानेलाई साहारा सहकारीको रकम ठगी मुद्दामा न्यायाधीश दयाराम ढकालको इजलासले ५४ लाख धरौटीमा छाड्न आदेश दिएको हो।
यसअघि लामिछाने पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटीमा रिहा भएका थिए ।
सरकारी वकिल कार्यालय चितवनले लामिछानेसहित थप १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिनामा मुद्दा दायर गरेको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij