बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदह खानेपानीको आठौं वार्षिक साधारणसभा सम्पन्न

देवदह खानेपानीको आठौं वार्षिक साधारणसभा सम्पन्न

images
  • 509
    SHARES

  • images
    images
    images
    देवदह खानेपानीको आठौं वार्षिक साधारणसभा सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा अवस्थित देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।शनिबार देवदह आदर्श बहुमुखी क्याम्पसको प्राङ्गणमा संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको हो।

    साधारणसभाको अवसरमा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले स्वच्छ र शुद्ध खानेपानीको लागि दीर्घकालिन योजना आवश्यक रहेको बताउनु भयो । उहाँले खानेपानी व्यवस्थापनको लागि देवदह नगरपालिकाले खानेपानी ऐन निर्माण गरेर अगाडि बढेको बताउँदै प्रत्येक नागरिकको घरघरमा स्वच्छ, शुद्ध खानेपानीको धारा पुर्याउने सरकारको लक्ष्य अनुसार खानेपानी संस्थाहरु लाग्नु पर्नेमा जोड दिनु भयो । 

    images
    images
    images

    कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका खरेलले देवदह क्षेत्रका नागरिकलाई स्वच्छ र शुद्ध खानेपानी व्यवस्थापनका लागि पाल्पाको सिस्नेखोलाबाट खानेपानी ल्याउने गरी सहलगानीमा योजना अगाडी सारेको बताउनु भयो ।

    उहाँले पाल्पाको सिस्नेखोलाबाट देवदहमा खानेपानी ल्याउन सके करिव ५० बर्षलाई ढुक्क संग पुग्ने बताउनु भयो । नगर प्रमुख खरेलले शुद्ध र स्वच्छ खानेपानीको लागि देवदह नगरपालिकाले खानेपानी परीक्षण प्रयोग शाला (ल्याव) को व्यवस्था गरेको बताउनु भयो ।

    उहाँले टुक्रे योजनाले खानेपानीको समस्या समाधान गर्न नसक्ने हुँदा ठूलो योजना आवश्यक रहने बताउदै त्यसको लागि यस क्षेत्रमा रहेका स–साना खानेपानी संस्था वीच एकिकरण गरेर जानु पर्नेमा जोड दिनु भयो । उहाँले दीर्घकालिन खानेपानीको लागि एकिकृत योजना अगाडि बढाउन आवश्यक रहेकोमा जोड दिनु भयो ।

    सोही अवसरमा बोल्दै खानेपानी महासघका केन्द्रिय सदस्य विश्व कार्कीले खानेपानी संस्थालाई राज्यले लगाउदै आएको २५ प्रतिशत कर खारेज गर्नुपर्ने विचार व्यक्त गर्दै खानेपानीको महसुलमा एकरुपता ल्याउन आवश्यक रहेको बताउनु भयो । 

    कार्यक्रममा नेकपा माओवादी केन्द्र देवदहका अध्यक्ष दिपक न्यौपाने, मायादेवी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका चक्रपानी तिवारी, देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष वासुदेव रिमाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

    खानेपानी परीक्षण प्रयोग शाखा र खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ देवदह नगर महासंघको कार्यालय उद्घाटन

    सोही अवसरमा देवदह खानेपानी संस्थाको कार्यालयमा स्थापना गरिएको खानेपानी परीक्षण प्रयोग शाखा र खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ देवदह नगर महासंघको कार्यालय समेत उद्घाटन गरिएको छ । कार्यक्रममा अध्यक्ष गुमान सिंह कुवरले वार्षिक प्रतिवेदन, सचिव हरिप्रसाद पाण्डेले सचिवको प्रतिवेदन र कोषाध्यक्ष कृष्णप्रसाद ज्ञवालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

    कार्यक्रममा धेरै पानी खपत गर्ने र समयमा भुक्तानी गर्ने संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो । संस्थाको आठौ बार्षिक साधारण सभाको अवसरमा दन्त शिविर सङ्गै कलाकार शिरीष देवकोटाले साङ्गितिक प्रस्तुति समेत गरेका थिए।

    कार्यक्रम संस्थाका अध्यक्ष गुमानसिंह कुवरको अध्यक्षता, संस्थाका उपाध्यक्ष अनिशा पौडेलको स्वागत र सचिव हरिप्रसाद पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।​

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij