मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

माओवादी केन्द्र देवदहले जनयुद्ध दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गर्ने

माओवादी केन्द्र देवदहले जनयुद्ध दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गर्ने

images
  • 488
    SHARES

  • images
    images
    images
    माओवादी केन्द्र देवदहले जनयुद्ध दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गर्ने
    images
    images
    images

    देवदह ।नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र देवदह नगर कमिटीले फागुन १ गते ३० औं जनयुद्ध दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।शनिबार बसेको नेकपा माओवादी केन्द्र देवदह नगर कमिटीको चौथो बैठकले जनयुद्ध दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको हो।

    देवदह-७ स्थित मिलनचोकमा आयोजना गर्न लागिएको बृहत रक्तदान कार्यक्रममा सहभागी हुन रक्तदाताहरुलाई आह्वान गरिएको नेकपा माओवादी केन्द्र देवदहका अध्यक्ष दिपक न्यौपानेले जानकारी दिए।

    images
    images
    images

    अध्यक्ष न्यौपानेका अनुसार जनयुद्ध दिवसको अवसरमा बिहान ७ बजेदेखि रक्तदान कार्यक्रम आयोजना गरिएको र जनयुद्ध दिवसको अवसरमा सहिदहरुको सम्झनामा दिपावली गर्न समेत आह्वान गरेको छ। त्यस्तै पार्टी नगर कमिटीले कार्यकर्ता भेटघाट अभियानलाई तीब्र रुपमा संचालन गर्ने निर्णय गरेको अध्यक्ष न्यौपानेले बताए ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij