मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सगरमाथामा वार्षिकोत्सब सप्ताह : देवदह बुद्द पब्लिकलाई छात्रा भलिबल प्रतियोगिताको उपाधी

सगरमाथामा वार्षिकोत्सब सप्ताह : देवदह बुद्द पब्लिकलाई छात्रा भलिबल प्रतियोगिताको उपाधी

images
  • 730
    SHARES

  • images
    images
    images
    सगरमाथामा वार्षिकोत्सब सप्ताह : देवदह बुद्द पब्लिकलाई छात्रा भलिबल प्रतियोगिताको उपाधी
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। सगरमाथा आवासीय मावीको ३१ औं वार्षिकोत्सबको अवसरमा आयोजित छात्रा भलिबल प्रतियोगिताको उपाधी देवदह बुद्द पब्लिक आवासीय माविले जितेको छ। मंगलबार मदर ल्याण्ड एकेडेमी देवदह-३ र देवदह बुद्द पब्लिक आवासीय मावि देवदह -५ बिच भएको फाइनल खेलमा २५-१६, २५-१३ को सोझो सेटमा पराजित गर्दै देवदह बुद्द पब्लिकले उपाधी रक्षा गरेको हो।

    प्रतियोगितामा प्रथम भएको देवदह बुद्द पब्लिकले नगद १५ हजार, शिल्ड मेडल र प्रमाणपत्र, द्वितीय भएको मदर ल्याण्ड एकेडेमीले नगद १० हजार शिल्ड, मेडल र प्रमाणपत्र तथा तृतीय भएको देवदह बोर्डिङ स्कुल देवदहले नगद ५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    images
    images
    images

    प्रतियोगितामा वेस्ट डिफेन्डर, मदर ल्याण्ड एकेडेमीकी आशिका राना, वेस्ट स्पाइकर देवदह बुद्द पब्लिककी आर्जु विक, वेस्ट सर्भर देवदह बुद्द पब्लिककी सपना थापा, उदयमान खेलाडीको रुपमा मदरल्याण्ड एकेडेमीकी परिसा राना, अनुशासासित खेलाडीको रुपमा देवदह बोर्डिङ स्कुल स्वीकृति पौडेल, वेस्ट सेटर देवदह इङलिस बोर्डिङ स्कुलकी सिमा सारु, वेस्ट प्लेयरको रुपमा देवदह बुद्द पब्लिककि विमला मस्राङ्गी र वेस्ट कोचको रुपमा प्रताप खवास घोषित भएका थिए।

    सप्ताह व्यापी रुपमा मनाउन लागेको वार्षिकोत्सबमा छात्रा भलिबल प्रतियोगिता सङ्गै शिक्षक, अभिभावक खेलकुद, जिल्ला स्तरीय कविता वाचन प्रतियोगिता, बृहत स्वास्थ्य शिविर लगायतका कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो।

    कार्यक्रम अन्तर्गत फागुन २८ र २९ गते छात्रा भलिबल, फागुन २ गते जिल्ला स्तरीय कविता रचना एवं वाचन प्रतियोगिता, फागुन २ देखि ४ गतेसम्म देवदह मेडिकल कलेजको सहजीकरणमा नि: शुल्क स्वास्थ्य शिविर, फागुन ५ गते अभिभावक एवं शिक्षक खेलकुद कार्यक्रम ६ गते पुरस्कार वितरण एवं सास्कृतिक कार्यक्रम र ७ गते मूल समारोह रहेको प्राचार्य पौडेलले बताउनुभयो।

    छात्रा भलिबल प्रतियोगिताको समापन सत्रमा विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पौडेल, विद्यालयका शिक्षकहरुको उपस्थितमा विजेता टिमलाई पुरस्कार वितरण गरिएको थियो।

    प्लस टु का कोर्डिनेटर दिपेश विक्रम मल्लको अध्यक्षता र शिक्षक दामोदर सापकोटाको संचालनमा पुरस्कार वितरण समारोह सम्पन्न भएको थियो।​

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij