सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदह मेडिकल कलेजमा बेसिक लाइफ सपोर्ट र एड्भान्स कार्डियाक लाइफ सपोर्ट तालिम

देवदह मेडिकल कलेजमा बेसिक लाइफ सपोर्ट र एड्भान्स कार्डियाक लाइफ सपोर्ट तालिम

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    देवदह मेडिकल कलेजमा बेसिक लाइफ सपोर्ट र एड्भान्स कार्डियाक लाइफ सपोर्ट तालिम
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह-९ भलुहीमा अवस्थित देवदह मेडिकल कलेजमा ३ दिने बेसिक लाइफ सपोर्ट (BLS) र एड्भान्स कार्डियाक लाइफ सपोर्ट (ACLS) तालिम सुरु भएको छ। बिहिवारदेखी मेडिकल कलेजमा उक्त तालिम सुरु भएको हो।

    तालीममा लुम्बिनी प्रादेशिक अस्पताल, कृमशन अस्पताल, देवदह मेडिकल कलेज, गौतम बुद्द अस्पताल, भैरहवा सिटि अस्पताल र जिनस अस्पताल गरि ६ वटा अस्पतालका २१ जना डाक्टर र नर्सहरु सहभागी रहेको तालीमका संयोजक डा.मनोज गैरेले जानकारी दिनुभयो। 

    images
    images
    images

    ३ दिन सम्म चल्ने प्रशिक्षणमा अमेरिकन हर्ट एसोसिएसनका प्रशिक्षक प्रा.डा. रमेश महर्जन सहित डाक्टरहरु रोबिन बम, सुलोचन पन्त, रश्मिसा महर्जन र प्रतीक्षा श्रेष्ठले सहजीकरण गर्ने डा.गैरेले बताउनुभयो।

    बेसिक लाइफ सपोर्ट (BLS) तालिम हृदयघात, श्वासप्रश्वास रोकावट, पानीमा डुबेका, बिजुलीको झट्का जस्ता आपत्कालीन अवस्थाहरूमा अति महत्त्वपूर्ण रहेको र यसमा कार्डियोपल्मोनरी रिससिटेसन (CPR), र श्वासप्रश्वासलाई नियमित बनाउन सहयोग गर्ने विधि सिकाइने मुख्य प्रशिक्षक डाक्टर रमेश कुमार महर्जनले जानकारी दिनुभयो।

    त्यस्तै एड्भान्स कार्डियाक लाइफ सपोर्ट (ACLS) तालीममा बेसिक लाइफ सपोर्ट सङ्गै मुटु सम्बन्धि जटिल आपतकालीन अवस्थाहरूको व्यवस्थापन, मुटुको चालको विश्लेषण, जस्ता विषयहरूमा ज्ञान प्रदान गरिने र यो तालीम विशेष गरी चिकित्सक र नर्स लक्षित भएको प्रशिक्षक डाक्टर महर्जनले जानकारी दिनुभयो।

    देवदह मेडिकल कलेजका अध्यक्ष गोपाल बहादुर पोखरेलले नेपालमा उपत्यका बाहिर पहिलो पटक यो किसिमको तालिम भएको र देवदह मेडिकल कलेजमा तालीमको व्यवस्थापन गर्न पाँउदा खुशी लागेको बताए।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij