मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदह बुद्द पब्लिकमा वार्षिकोत्सबको अवसरमा विविध कार्यक्रम

देवदह बुद्द पब्लिकमा वार्षिकोत्सबको अवसरमा विविध कार्यक्रम

images
  • 644
    SHARES

  • images
    images
    images
    देवदह बुद्द पब्लिकमा वार्षिकोत्सबको अवसरमा विविध कार्यक्रम
    images
    images
    images

    फागुन २, लुम्बिनी पाना। रुपन्देहीको देवदह -५ मा अवस्थित देवदह बुद्ध पव्लिक आवासीय माविले विविध कार्यक्रम गरी २३ औं बार्षिकोत्सव मनाउने भएको छ ।शुक्रबार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले २३ औं बार्षिकोत्सवको अवसरमा संचालन गरिने कार्यक्रमको बारेमा जानकारी दिनुभयो।

    बार्षिकोत्सवको अवसरमा आयोजित खेल महोत्सव सम्पन्न भईसकेको र फागुन ३ गते अभिभावक खेलकुद, खाना महोत्सव तथा स्वास्थ्य शिविरको आयोजना गरिएको प्रधानाध्यापक गैरेले बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षा संग जोड्नको लागि हरेक बर्ष खाना महोत्सव गर्दै आएको जानकारी दिनुभयो ।

    images
    images
    images

    नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको प्रमुख आतिथ्यतामा खाना महोत्सव तथा अभिभावक खेलकुद कार्यक्रम राखिएको र फागुन ४ गते जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरिएको जानकारी दिदै यस वर्ष करिव ५० वटा विद्यालय सहभागी हुने विद्यालयले अपेक्षा लिएको बताउनुभयो। प्रतियोगितामा विजेता टिमले नगद १० हजार, उपविजेता टिमले नगद ७५ सय, तृतिय हुने टिमले नगद ५ हजार र सान्त्वना हुने टिमले नगद दुईं हजार पाँच सय प्राप्त गर्ने गैरेले जानकारी दिनु भयो ।

    यसैगरी फागुन ५ गते सामाजिक क्रियाकलाप अन्तर्गत सरसफाई, फागुन ६ गते कक्षा नर्सरी देखि ५ सम्मका विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन संगै पुरस्कार वितरण र फागुन ७ गते लुम्विनी प्रदेश सभा सदस्य निर्मलादेवी चौधरीको प्रमुख आतिथ्यतामा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण कार्यक्रम रहेको जानकारी दिनु भयो ।

    फागुन ७ गते हुने मूल समारोहमा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड विजेता विद्यार्थीहरुलाई नगद सहित सम्मान गरिने जानकारी दिनु भयो । त्यस्तैगरी एसइई परीक्षामा ४ जिपिए ल्याएर उत्तिर्ण गरेका विद्यार्थीलाई नगद २५ हजार सहित सम्मान गरिने र अन्य जिपिए ल्याएका विद्यार्थीलाई पनि नगद सहित सम्मान गरिने जानकारी दिनु भयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकिशन अधिकारीको अध्यक्षता, मावि इन्चार्ज वेद सुर्यवशीं, प्लस टु एसिए इन्चार्ज ढुन्डिराज मरासिनी, निमावि इन्चार्ज रोजी गुरुङ, प्रावी इन्चार्ज अन्जना ओलि, पूर्व प्रावि इन्चार्ज मनमाया रुचालको उपस्थिति रहेको र कार्यक्रमको संचालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अनन्तराम भण्डारीको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij