लुम्बिनी पाना, देवदह। भारतको कुम्भमेला स्नान गरि फर्किएको सवारी भारतको उत्तर प्रदेश आजमगढ़मा दुर्घटनामा परेको छ।
रुपन्देहीको देवदह भलुहीबाट महाकुम्भ मेला स्नान गर्न गएका देवदह भलुहीका ७ जना तिर्थयात्री नेपाल फर्किने क्रममा दुर्घटनामा परेको हो।
दुर्घटनामा परि ३ जनाको मृत्यु र ७ जना घाइते भएको देवदह नगरपालिका वडा नम्बर -६ का पूर्व अध्यक्ष दामोदर क्षेत्रीले भारतीय टिभी च्यानललाई दिएको अन्तर्वार्तामा उल्लेख छ।
मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दिपा खनाल र ४० वर्षिया गीता शर्मा रहेको इलाका प्रहरी कार्यालय बेलहियाका इन्स्पेक्टर मुकुन्द न्यौपानेले जानकारी दिए ।
कुम्भमेलाबाट फर्किदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो । दुर्घटना परी सवारी चालकसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेहरुमा देवदह-९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् ।
चालक निदाएको कारण दुर्घटना भएको प्रारम्भिक रिपोर्ट आएपनी विस्तृत विवरण आइसकेको छैन।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij