लुम्बिनी पाना, देवदह । देवदहमा चैत्र १ गतेदेखि ७ गतेसम्म डढेलो नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम गरिने भएको छ। गाउँ वन समन्वय सञ्जाल रुपन्देही र सव डिभिजन वन कार्यालय शितलनगरको बैठकले सप्ताहव्यापी वन डढेलो नियन्त्रण अभियान संचालन गर्ने निर्णय गरेको हो।
आगामी चैत्र १ गते बुद्ध सामुदायिक वन उपभोक्ता समुहले संचालन गरेको गौतम बुद्ध राष्ट्रिय उद्यानबाट सप्ताहव्यापी अभियान सुरु गर्ने गाउँ वन संजाल रूपन्देही अध्यक्ष खेमनारायण अधिकारीले जानकारी दिए । गाउँ वन समन्वय सञ्जाल रुपन्देहीको आयोजना, डिभिजन वन कार्यालय रुपन्देही, सव डिभिजन वन कार्यालय शितलनगर र सामुदायिक वनहरुको सहयोगमा वन डढेलो नियन्त्रण सम्वन्धी सप्ताहव्यापी अभिभान संचालन गरिने उनले बताए ।
सप्ताहव्यापी अभिभानको मिलन सामुदायिक वन उपभोक्ता समुहको कार्यालयमा एक कार्यक्रम गरी समापन गरिने जनाइएको छ ।
बैठकमा बोल्दै सहायक वन अधिकृत चौधरीले वन डढेलो लाग्न नदिनको लागि सवैले हातेमालो गर्न आवश्यक रहेकोमा जोड दिए । वन डढेलो नियन्त्रण सम्वन्धी सप्ताहव्यापी अभियान सफल बनाउन सव डिभिजन वन कार्यालयले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए।
सञ्जालका बरिष्ठ उपाध्यक्ष तेजबहादुर कुवरको स्वागत र सचिव टेकबहादुर रानाको संचालनमा बैठक सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij