सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

तिनाउ गाउँपालिकामा मगर दिवको अवसरमा सार्वजनिक विदा

तिनाउ गाउँपालिकामा मगर दिवको अवसरमा सार्वजनिक विदा

images
  • 592
    SHARES

  • images
    images
    images
    तिनाउ गाउँपालिकामा मगर दिवको अवसरमा सार्वजनिक विदा
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । पाल्पाको तिनाउ गाउँपालिकाले ४३ औं मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहने गाउँपालिकाद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ।

    गाउँपालिकाकाद्वारा जारी गरिएको बिज्ञप्तिमा मगर दिवसको अवसरमा फागुन १५ गते बिहिवार सार्वजानिक विदा दिईएको उल्लेख गरिएको छ । गाउँपालिकाको फागुन ६ गते बसेको ७१ औं कार्यपालिका बैठकको निर्णय अनुसार सार्वजनिक विदा दिइएको हो। मगर समुदायको सम्मानका लागि बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो । विगतका वर्षहरु पनि गाउँपालिकाले मगर दिवसमा सार्वजानिक विदा दिइँदै आएको छ।

    images
    images
    images

    साविकका कचल, दोभान, कोलडाँडा र मस्याम गा.वि.स. मिलाएर ६ वडामा विभाजन गरिएको तिनाउ गाँउपालिका २०२ वर्ग कि.मि.क्षेत्रफल र २०७८ को जन गणना अनुसार ४२०१ घरधुरी, १७,७७७ कुल जनसंख्या रहेकोमा मगर जाति ७४.१% प्रतिशत अर्थात् सबैभन्दा बढी मगर समुदायको बसोबास छ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij