बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

पश्चिम् नवलपरासीको वैरागनाथ शिवालय मन्दिरमा लाग्ने महाशिवरात्री मेलाको तयारी तीव्र

पश्चिम् नवलपरासीको वैरागनाथ शिवालय मन्दिरमा लाग्ने महाशिवरात्री मेलाको तयारी तीव्र

images
  • 577
    SHARES

  • images
    images
    images
    पश्चिम् नवलपरासीको वैरागनाथ शिवालय मन्दिरमा लाग्ने महाशिवरात्री मेलाको तयारी तीव्र
    images
    images
    images

    लुम्बिनी पाना, नवलपरासी। पश्चिम् नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ८ बैरागनाथमा लाग्ने महा शिवरात्री मेलाको तयारी तीव्र पारिएको छ। आइतबार बैरागनाथ शिव मन्दिर प्राङ्गणमा पत्रकार सम्मेलनको आयोजना गरि मेलाको तयारी र व्यवस्थापन चुस्तदुरुस्त बनाइएको जानकारी गराइएको हो।

    बैरागनाथ शिव मन्दिरमा सयौं वर्ष अगाडीदेखी शिवरात्री मेला लाग्ने र यस वर्ष २ दिन विशेष मेला लाग्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सानुबाबु श्रेष्ठले जानकारी दिनुभयो।फागुन १३ गते पण्डित नारायण भट्टराईज्यूबाट कथावाचन एवं पुराणपाठ, भजन कृतन, कलश यात्रा हुने र फागुन १४ गते विशेष भजन कृतन सहित राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने अध्यक्ष श्रेष्ठले बताउनुभयो।

    images
    images
    images

    कार्यक्रममा सुनवल नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष देउ बहादुर गुरुङले मेला व्यवस्थित ढङ्गले सम्पन्न गर्नका लागि वडाले ४८ हजार रुपैयाँ विनियोजन गरेको र पुरातात्त्विक र ऎतिहासिक मेला भएकोले संरक्षणमा विशेष ध्यान दिइएको उद्घोष गर्नुभयो।

    फागुन १३ र १४ गते हुने मेलामा भजन कृतन सहित राष्ट्रिय कलाकारको प्रस्तुति रहने र महशिवरात्रीको दिन साझ ५ बजे देखि बिहान ५ बजे सम्म अखण्ड भजन कृतन र अखण्ड दिप प्रज्वलन हुने शिक्षक हरि कुमार ढकालले जानकारी दिनुभयो।त्यस्तै चर्चित कलाकार लक्ष्य विश्वको समेत मेलामा विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, वडाका जनप्रतिनिधि, सामाजिक, राजनीतिक व्याक्तित्वहरुको सहभागिता रहेको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij