लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदह नगरपालिकाका किसान लाई अत्यावश्यक कृषि समाग्री वितरण गरिएको छ।देवदह नगरपालिकाको समन्वय र सहकार्य, कारितास नेपाल र कारितास स्पेनको आर्थिक तथा प्राविधिक सहयोग, विकास तथा प्रकोप व्यवस्थापन केन्द्र (CDM) रुपन्देहीको आयोजनामा देवदहको वडा नम्बर ३ मा ७ व्टा समूह र वडा नम्बर ६ केउलीमा ३ वटा कृषक समूहलाई कृषि समाग्री वितरण गरिएको हो।
"शहरी समुदायको विपद उथ्थानशीलता र दीगो जीविकोपार्जन सुदृढीकरण कार्यक्रम अन्तर्गत किसानहरुका लागी हजारी, स्प्रेयर, पहेलो पासो, निलो पासो, जैविक किटनाषक औषधि, बीउविजनसहितका कृषि सामग्री किसानलाई प्रदान गरेको हो । व्यवसायिक रुपमा तरकारी खेती अपनाएका र कृषिमा आत्मनिर्भर बनाउन किसानलाई पहिलो चरणमा सामग्री प्रदान गरिएको हो।
कृषि औजार सामाग्री वितरण कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष यज्ञ प्रसाद अर्यालले देवदह-३ ले कृषिलाई पहिलो प्राथमिकता दिएको बताउनुभयो। कृषि क्रान्ति विना मूलुकको समृद्धि सम्भव नभएको बताउँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडा अध्यक्ष अर्यालले वडाले कृषिमा समृद्धि हासिल गर्न कृषकलाई तालिम र प्रविधि हस्तान्तरण, आधुनिक कृषि प्रविधि, जैविक खेती, माटो परीक्षण, सिँचाईको प्रबन्ध, विउ वितरण, कृषि यन्त्र तथा सामग्रीमा सहुलियत तथा अनुदान, कृषि उत्पादनको बजारीकरण लगायतको काम गरेको बताउनुभयो ।
कार्यक्रम अन्तर्गत सिडिएम नेपालले देवदहका १२ वटै वडामा नदि कटान, बाढी, आगालागी, भूकम्प जस्ता विपद न्यूनीकरण तथा जलवायु उथ्थनशीलता तालिम, जोखिमको अवस्थाको बारेमा वडागत रिपोर्ट तयार गरिने परियोजनाका कार्यकारी निर्देशक धर्मराज घिमिरेले जानकारी दिनुभयो।
कृषि सामाग्री वितरण कार्यक्रममा कार्यपालिका सदस्य टिकिसरा सुनार, वडा सदस्य मेघनाथ न्यौपाने, देवदह नगरपालिका विपद व्यवस्थापन शाखाका इन्जिनियर रवि पाण्डे र परियोजनाको तर्फबाट लेखा तथा प्रशासन अधिकृत लेखा भट्टराई, समाजिक परिचालक वर्षा लम्साल र बबिता भुसालको सहभागिता रहेको थियो।
कार्यक्रम परियोजनाका अध्यक्ष तारा प्रसाद काफ्लेको अध्यक्षता र परियोजना संयोजक प्रशान्त रिजालको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij