लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदहमा मगर संघ स्थापना दिवस भब्य रुपमा मनाइएको छ। नेपाल मगर संघ देवदह नगर समितिको आयोजनामा ४३ औं मगर स्थापना दिवस देवदहमा सम्पन्न भएको हो । देवदह नगरपालिका १ स्थित राजाबारी स्कुलको प्रांगणमा मगर स्थापन दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरि मगर दिवस मनाइएको हो।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले सबै जातजाति र समुदायको संस्कृति उत्तिकै महत्त्वपूर्ण भएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख खरेलले मातृभाषा संरक्षणको लागि नगरपालिकाले विशेष नीति बनाएर अगाडि बढेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख वक्ताको रुपमा पिएचडी स्कलररिङ इन बुद्दिजम डाक्टर टिबि पुनले मन्तब्य ब्यक्त गर्दै मगर समुदायले देशको परिवर्तनका खातिर महत्वपूर्ण योगदान गरेको इतिहास रहेको बताउनुभयो। मगर समुदायको संस्कृति संरक्षण गर्दै पछिल्लो पुस्तालाई पनि संस्कृति रक्षाको खातिर एकता बद्द भएर लाग्नुपर्ने उहाँको भनाई थियो।
कार्यक्रममा देवदह नगरपालिकाका प्रथम नगर प्रमुख हिरा बहादुर खत्री, देवदह वडा नम्बर १२ का वडा अध्यक्ष डेग बहादुर सारु, नेपाल मगर संघ केन्द्रिय लेख समिति सदस्य जस बहादुर पुन, बुद्धि जिवि परिषद देवदहका सदस्य यम राना, तमु ह्युल छो ज धी देवदहका अध्यक्ष मन बहादुर गुरुङ, राजनीति दलको तर्फबाट नेकपा माओवादी केन्द्र देवदहका अध्यक्ष दिपक न्यौपाने, नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका सदस्य तेज बहादुर पुलामी मगर लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो।
मौलिक खानाका परिकारका स्टलहरु रहने तथा राष्ट्रिय कलाकारहरु नितु पुन मगर र रुपी सिंजाली मगरको विशेष प्रस्तुति, जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण, जेष्ठ नागरिक सम्मान, लोकसेवामा नाम निकाल्न सफल मगर समुदायलाई मगर सस्कृति झल्कने कौडा, घाटु, सोरठी, सालैजो, झ्याउरे नाच प्रस्तुत गरिएको थियो।
कार्यक्रम नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष मन बहादुर रानाको अध्यक्षता, उपाध्यक्ष किशन बहादुर थापाको स्वागत र सचिव मिलन माश्की रानाको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij