बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

चरङ्गे भुमिगत खानेपानी संस्थाद्वारा नि:शुल्क स्वास्थ्य परिक्षण

चरङ्गे भुमिगत खानेपानी संस्थाद्वारा नि:शुल्क स्वास्थ्य परिक्षण

images
  • 708
    SHARES

  • images
    images
    images
    चरङ्गे भुमिगत खानेपानी संस्थाद्वारा  नि:शुल्क स्वास्थ्य परिक्षण
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह- १० स्थित चरङ्गे भुमिगत खानेपानी तथा सरसफाई संस्थाले नि:शुल्क स्वास्थ्य परिक्षण सेवा दिएको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत उपभोक्ताहरुको स्वास्थ्य स्थिती जाँच गर्ने उद्धेश्यका साथ आईतवार भवानी फार्मेसीको प्राविधिक सहयोगमा नि:शुल्क मधुमेह मुटु तथा मृगौला परिक्षण शिविर गरिएको हो ।

    संस्थाका अध्यक्ष पोम बहादुर जिसीको अध्यक्षतामा भएको शिविरमा १०९ जना उपभोक्ताले स्वास्थ्य परिक्षण गराएको खानेपानी योजना सुरक्षा टोली संयोजक खेम बहादुर गुरुङ्गले जानकारी दिनु भयो ।

    images
    images
    images

    संस्थाले विगतका बर्षहरु जस्तै यस बर्ष पनि विभिन्न सिर्जनात्मक तथा रचनात्मक काम गर्ने लक्ष्य लिएको संस्थाका सचिव खिम पुनले बताउनु भयो । ९ सय बढि उपभोक्ता रहेको खानेपानी संस्थाले गरेको स्वास्थ्य शिविरमा संस्थाका कार्यसमिति, सल्लाहाकार समिति, उपसमितिहरु , खानेपानी योजना सुरक्षा टोलीहरु लगायतले सेवा लिएका थिए ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij