लुम्बिनी पाना, देवदह । देवदहमा कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुलाई व्यवसायिक योजना तयारी र ऋण प्राप्ति प्रक्रिया सम्बन्धी सहजीकरण कार्याशाला सम्पन्न भएको छ ।घरेलु तथा साना उद्योग सिद्दार्थनगरको आयोजना र कोलिय देवदह सहकारीको समन्वयमा सम्पन्न तालिममा उद्यमीहरुलाई व्यवसायिक योजना बनाउन र व्यवसायीलाई आवश्यक पर्ने ऋण लिने प्रक्रियामा सहज बनाउन सहजीकरण कार्यशाला आयोजना गरिएको घरेलु तथा साना उद्योग सिद्दार्थनगरले जानकारी दिएको छ।
कार्यक्रमका प्रमुख अतिथि कोलिय देवदह वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ऋषिराम सापकोटाले उद्यमीहरुले आफ्नो व्यवसाय गर्दा व्यवसायिक योजना तयारी र ऋण कसरी लिने, कहाँबाट लिने भन्ने, प्रक्रियाको बारेमा प्रशिक्षणले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल बैंक लिमिटेड बुटवलका प्रबन्धक सुरेन्द्र सिंह आलेले कर्जाको किसिम, कर्जाको प्रक्रिया, कर्जा प्राप्तिको तयारी, बैंकले कर्जा प्रवाह किन र कुन कुन प्रायोजनका लागी गर्छ भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो।३ त्यस्तै घरेलु तथा साना उद्योग सिद्दार्थनगरका वरिष्ठ उद्योग अधिकृत मोहन परियार, उद्यम विकास सहजकर्ता अनन्त पन्थीले प्रशिक्षण दिदै व्यवसायिक योजना तयारी र ऋण प्राप्ति प्रक्रिया, वित्तिय सेवामा पहुँच तथा वित्त व्यवस्थापन, घरेलु उद्योगले गर्मे कार्य सम्बन्धी जानकारी गराइएको थियो।
तालिममा कोलिय देवदह सहकारीका ४५ जना शेयर सदस्यले भाग लिएको संस्थाका सचीव कृष्ण राज शर्माले जानकारी दिनुभयो।
कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय सिद्दार्थनगर रुपन्देहीका प्रमुख उद्योग अधिकृत शारदा भट्टराईको अध्यक्षता, घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका योजना अधिकृत लक्ष्मी प्रसाद दाहालको स्वागत र कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विनोद पराजुलीको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij