बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

देवदह नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

देवदह नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

images
  • 428
    SHARES

  • images
    images
    images
    देवदह नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
    images
    images
    images

    फागुन २०, देवदह । देवदह नगरपालिकाले दोश्रो चैमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ को चैमासिक रुपमा गरेको कामको प्रगतिको वारेमा सार्वजनिक सुनुवाई गरेको हो ।

    सार्वजनिक सुनुवाईमा कार्यप्रगतिको वारेमा जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले नगरपालिकाले यस वर्षको चौमासिकको माघ मसान्त सम्म २६.५३ प्रतिशत खर्च गर्न सफल भएको जानकारी दिनु भयो ।

    images
    images
    images

    नगरपालिकाको आर्थिक बर्ष २०८१÷०८२ को लागि एक अर्व २५ करोड २३ लाख ६५ हजार बार्षिक बजेट रहेकोमा माघ मसान्त सम्म ३३ करोड २२ लाख ६३ हजार ९ सय ८८ खर्च गर्न सफल भएको जानकारी दिनु भयो । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले आर्थिक बर्षमा चालु तर्फ ५८ करोड २७ लाख ६ हजार ५ सय र पुजीगत तर्फ ६७ करोड २० लाख ८९ हजार रहेको जानकारी दिनु भयो । सापकोटाले चालु तर्फ २६ करोड ५८ लाख ५६ हजार ८ सय ३७ रुपैया गरी ४५ प्रतिशत र पुजीगत तर्फ ६ करोड ६४ लाख ७ हजार १५ रुपैया ९.८८ प्रतिशत मात्र खर्च भएको जानकारी दिनु भयो ।

    सो अवसरमा बोल्दै नगर प्रमुख धु्रवप्रसाद खरेलले नागरिकले दिएको सुझावलाई कार्यान्वयन गर्न नगरपालिका तत्पर रहेको बताउनु भयो । उहाले नगरपालिकाले नियमित रुपमा सार्वजनिक सुनुवाई गर्ने र मासिक रुपमा सञ्चारकर्मीहरु संग बसेर नगरपालिकाले गरेका कामको वारेमा जानकारी दिने बताउनु भयो ।

    उहाँले सामुदायिक विद्यालयलाई दिएको सवारी साधन गलत तरिकाले प्रयोग भएको बताउदै यस आर्थिक बर्ष भित्र विद्यालय मर्चको विषयमा तयार भएको प्रतिवेदन कार्यान्वयन हुनेमा जोड दिनु भयो । नगर प्रमुख खरेलले गतबर्षको सेनेटरी प्याड नगरपालिकाले नभई स्वयम विद्यालयले खरीद गरेको जानकारी दिनु भयो ।

    देवदह क्षेत्रमा रहेका खोलाबाट नदीजन्य पदार्थ चोरी निकासी भएको बताउदै नदीजन्य पदार्थ चोरी निकासीबाट रोक्न सवै नागरिकले भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो । उहाले अवका दिनमा नगरपालिकालाई राजश्व नबुझाई देवदह क्षेत्रमा मेला÷महोत्सव गर्न नपाउनेमा जोड दिनु भयो ।

    सार्वजनिक सुनुवाई कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, ईन्जिनियर राजकुमार यादवले विषयगत जवाफ दिनु भएको थियो । कार्यक्रममा माधव रिमाल, लक्ष्मण उपाध्य, बिमल भूषाल, नमकान्त पाण्डे, रुद्रमान ढकाल, खेमप्रसाद पाण्डे, पुष्पा चौधरी, लालबहादुर ठकुरी रोजबहादुर गुरुङ्ग, चन्द्रकान्त खराल लगायतले बोल्दै शिक्षालाई प्राथमिकता दिनु पर्ने, नगरपालिकाले निर्माण गरेका भौतिक पुर्वाधार कमसल हुने गरेको, देवदहलाई अध्यात्मिक नगर बनाउनको लागि पालिकाले सहयोग गर्नुपर्ने, कर्मचारीले नागरिकलाई राम्रो सेवा प्रवाह गर्न नसकेको, नगर अस्पतालमा प्राप्त मात्रामा औषधी उपलव्ध नभएको लगायतका गुनासा राखेका थिए । 

    सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण देवदह प्रेस क्लवका सल्लाहकार पवन पौडेलले गर्नु भएको थियो । नगर प्रमुख ध्रुव प्रसाद खरेलको अध्यक्षता, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत र राममणि अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij