मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

कोलिय देवदहका दिदिबहिनी क्लबलाई नेतृत्व विकास तालीम

कोलिय देवदहका दिदिबहिनी क्लबलाई नेतृत्व विकास तालीम

images
  • 462
    SHARES

  • images
    images
    images
    कोलिय देवदहका दिदिबहिनी क्लबलाई नेतृत्व विकास तालीम
    images
    images
    images

    लुम्बिनी पाना, देवदह ।देवदहमा ३ दिने नेतृत्व विकास तालीम सुरु भएको छ।कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ३ दिने नेतृत्व विकास तालिम सुरु भएको हो । साकोसले ११५ औं नारी दिवसको अवसरमा दिदीवहिनी क्लवका अध्यक्ष र सचिवहरुको लागि तालिमको आयोजना गरिएको हो ।

    तालिमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य निर्मलादेवी चौधरीले महिलाहरु चुलो चौकोमा मात्र सिमित नभई सामाजिक काममा अग्रसर हुनु पर्नेमा जोड दिनु भयो । उहाँले महिलाहरु हरेक विषयमा सक्षम हुनु पर्ने बताउदै परिवार र समाजको नेतृत्व महिलाहरुले गर्नुपर्ने बताउनु भयो । सांसद चौधरीले महिला सशक्तिकरणको लागि नेतृत्व विकास तालिमलाई फलदायी बनाउन आग्रह गर्दै तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उर्तान आवश्यक रहेको बताउनु भयो। उहाँले एक फरक प्रसंगमा बोल्दै देवदह क्षेत्रका महिलाहरुको शसक्तिकरण गर्ने उद्देश्यले प्रदेश सरकारद्धारा बजेट विनियोजन गरेपनि राज्यको नीतिका कारण बजेट कटौती भएको बताउनु भयो । उहाले यस बर्षको बजेट कटौती भएपनि आगामी दिनमा बजेटको व्यवस्थ ागर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

    images
    images
    images

    कार्यक्रममा संस्थाका सल्लाहकार विष्णुप्रसाद पौडेल, रुका सापकोटा, ईश्वरीप्रसाद ढुंगाना लगायतले बोल्दै संस्थाले सदस्यहरुको आर्थिक रुपान्तरणसंगै महिला सशक्तीकरणको कार्यलाई समेत अगाडि बढाएकोमा खुसी व्यक्त गरेका थिए । उनीहरुले निरन्तरताबाट सिकाइ र उपलव्धी हासिल हुने बताउँदै आगामी दिनमा संस्थाले तालिमका उपलब्धीहरु मापन गर्नुपर्ने समेत सुझाब दिएका थिए । घोडाहा र शितलनगर सेवा केन्द्र अन्तर्गतका २२ वटा दिदीवहिनी क्लवका ४२ जना महिलाहरु सहभागि रहेको तालिमको संस्थाका सल्लाहकार शुवकान्त न्यौपाने र व्यवस्थापक विनोद पराजुलीले सहजिकरण गर्ने कोषाध्यक्ष हरि भण्डारीले जानकारी दिनु भयो ।

    कार्यक्रम संस्थाका अध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षता, संचालक सदस्य पार्वती न्यौपानेको स्वागत र सचीव कृष्णराज पौडेलको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij