बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

क्लब स्तरीय भलिबल कपको उपाधी गोलपार्क भलिबल क्लबलाई

क्लब स्तरीय भलिबल कपको उपाधी गोलपार्क भलिबल क्लबलाई

images
  • 452
    SHARES

  • images
    images
    images
    क्लब स्तरीय भलिबल कपको उपाधी गोलपार्क भलिबल क्लबलाई
    images
    images
    images

    केशव पराजुली, लुम्बिनी पाना । रूपन्देहीको देवदहमा जारी क्लब स्तरिय वडा अध्यक्ष कप भलिवल प्रतियोगिताकाे उपाधी गाेलपार्क भलिवल क्लव बुटवलले हात पारेकाे छ । शनिवार भएकाे फाईनल खेलमा गाेलपार्क भलिवल क्लवले मणिमुकुन्द भलिवल क्लवलाई २५-२०,२५-२३ र २५-२३काे साेझाे सेटमा हराउँदै गाेलपार्क भलिवल क्लवले उपाधी जितेकाे मुढावास युवा क्लवका अध्यक्ष पुरन सिं सलामीले जानकारी दिनु भयाे ।

    यस अघि भएकाे पहिलाे सेमिफाईनल खेलमा गाेलपार्क भलिवल क्लव बुटवलले चरङ्गे भलिवल क्लव बी टिमलाई २५-१२ र २५-१७ काे साेझाे सेटमा हराउँदै गाेलपार्क भलिवल क्लव फाईनल प्रवेश गरेकाे थियाे भने दाेस्राे सेमिफाइनल खेलमा मणिमुकुन्द भलिवल क्लबले भलवारी युवा क्लव तिलाेत्तमालाई २-१ काे सेटमा हराउँदै फाईनल प्रवेश गरेकाे हाे ।

    images
    images
    images

    तेस्रो र चाैथाे स्थानकाे लागि भएकाे खेलमा भलवारी युवा क्लव तिलाेत्तमाले २६-२४ र ३२-३० काे साेझाे सेटमा जित हासिल गर्दै तेस्रो र चरङ्गे भलिवल क्लव बी टिम सान्त्वनामा चित्त बुझाएकाे मुढावास युवा क्लवका अध्यक्ष पुरन सिं सलामीले जानकारी दिनु भयाे ।

    १५ टिमकाे सहभागिता रहेकाे प्रतियाेगिताकाे प्रथम पुरस्कार नगद ५१ हजार शिल्ड मेडल र प्रमाणपत्र, दाेस्राे पुरस्कार नगद ३०हजार शिल्ड मेडल र प्रमाणपत्र, तेस्राे पुरस्कार नगद १५ हजार शिल्ड मेडल, प्रमाणपत्र र सान्त्वना पुरस्कार नगद ८ हजार शिल्ड मेडल र प्रमाणपत्र रहेकाे उक्त क्लवका सल्लाहकार जित बहादुर थापाले जानकारी दिनु भयाे ।

    प्रतियाेगितामा वेष्ट डिफेन्स मणिमुकुन्दका राज खवास, वेष्ट सेटर गाेलपार्क भलिवल क्लवका मीन सुनार, वेष्ट स्पाईकर भलवारी भलिवल क्लवका अदालत चाैधरी, वेष्ट ब्लकर गाेलपार्क भलिवल क्लवकै सुरज सुनार, वेष्ट प्लेयर गाेलपार्क भलिवल क्लवका दिपेन्द्र कार्की रहेका छन ।

    वडाअध्यक्ष कप भलिवल प्रतियाेगिता उपभोक्ता समितिका अध्यक्ष सुमन तरामीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा देवदह १० का वडा अध्यक्ष यक बहादुर सुनारले पुरस्कार वितरण गर्नु भएकाे थियाे । प्रतियोगिताका लागि देवदह नगरपालिका वडा नं.१० ले १ लाख ५० हजारकाे बजेट विनियाेजन गरेकाे थियाे ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij