लुम्बिनी पाना बुटवल । खुशी जीवन नेपाल संस्था र हिमानी कोष रुपन्देही स्वयंसेवक परिवार को समन्वय मा ११४औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुटवल-६ पुरानो बसपार्क स्थित श्री साधना महिला विद्यालयमा शैक्षिक सामग्री सहयोग तथा संस्था का सदस्यहरु द्वारा समाजमा महिला शसक्तिकरणमा आआफ्नो स्थान बाट सहयोग पुर्याउने नारीहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
नारी दिवसको अवसरमा आयोजित सम्मान तथा सहयोग कर्यक्रममा बोल्दै खुशी जीवन नेपालका अध्यक्ष महेन्द्र विश्वकर्माले महिला हिंसालाई पुरुषले भन्दा महिलाले बढी भुमिका राखेको बताउँदै विद्यालयमा आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता जनाउँनु भयो ।
हिमानी कोष रुपन्देहीको प्रतिनिधित्व गर्दै प्रजुना श्रेष्ठले विद्यालयमा सीप मुलक कार्यक्रम गर्ने कुरा व्यक्त गर्दै थप सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो । कार्यक्रममा खदा र सम्मान पत्र वितरणका साथसाथै शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
(१७-७० वर्ष सम्मका महिला विद्यार्थी अध्यनरत श्री साधना माध्यमिक विद्यालय सावित्रा देवि अर्याल को पहलमा वि.सं २०६२ मा बुटवलको चादबारीको एक घर भाडामा लिएर संचालन भएको विद्यालयले विभिन्न निकाय सँग समन्वय गर्दै नयाँ स्थानमा जग्गा लिएर वि.सं २०७२ मा स्थपना गरि राम्रो वातावरणमा अध्यन अध्यापन हुँदै आएक्क कुरा विद्यालयकी प्रमुख बिस्नु गौतमले बताउनुभयो ।
कार्यक्रममा विभिन्न आमा समूह र टोल विकास संस्थामा आबद्ध महिलाको उपस्थिति रहेको थियो । कार्यक्रममा शोभा पौडेल , धना गौतम लगायतले मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij