लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदहमा सचेतनामूलक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।रोहिणी सांस्कृतिक मंचको आयोजनामा देवदह -३ को सूर्यपुरा स्थित गोर्खाली रिसोर्टमा कार्यक्रम सम्पन्न गरिएको हो।
११५ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिका वडा नम्बर -३ का वडा अध्यक्ष यज्ञ प्रसाद अर्यालले संस्कृतिको पहिचान र संरक्षणका लागि वडाले विशेष प्राथमिकता दिएको बताउनुभयो। वडा अध्यक्ष अर्यालले संस्कृति हाम्रो अमूल्य सम्पदा भएकोले त्यसको संरक्षण र प्रबर्द्धन गर्नु आवश्यक रहेको धारणा समेत व्यक्त गएनुभयो।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै खैरेनी प्रहरी चौकी देवदहका इन्चार्ज एक्क बहादुर नेपालीले संस्कृति संरक्षण सङ्गै संस्थाले गर्ने जनचेतनामूलक कार्यक्रममा आवश्यक सहकार्य र सहजीकरण गर्न तयार रहेको बताउनुभयो। त्यस्तै देवदह नगरपालिकाका कार्यपालिका सदस्य टिकिसरा सुनारले नारीहरु चुलोचौकोमा सिमित नभई नेतृत्वको मामलामा समेत अग्रसर हुन आग्रह गर्नुभयो।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले लागू औषध दुर्व्यसनको अन्त्य, चेलीबेटी बेचबिखन विरुद्ध अभियान, महिला हिंसा न्यूनीकरण विषयमा गितको माध्यमबाट प्रस्तुति दिएका थिए।
कार्यक्रममा महिला अधिकारको सम्मान, सुरक्षित समाजको निर्माण, हाम्रो आवाज, चेलीबेटी वेचबिखन मुक्त समाज, समान सहभागीताको सुनिश्चितता, आजको आवश्यकता, महिला सम्मानको आधार, सीपयुक्त हात र स्वरोजगार, संस्कार र संस्कृतिको पहिचान, रोहिणी सास्कृतिक मञ्चको अभियान, सबै महिला तथा बालबालिकाको लागी : अधिकार, समानता र सशक्तीकरण लेखिएको पोस्टर समेत प्रदर्शन गरिएको थियो।
कार्यक्रममा जनप्रतिनिधि, राजनीतिज्ञ सुरक्षा निकाय, विभिन्न आमा समूह तथा टोल विकास संस्थाका पदाधिकारी, युवा क्लबका प्रतिनिधि, समाजसेवी, स्थानीयको उपस्थिति रहेको थियो।
कार्यक्रम संस्थाका अध्यक्ष प्रीतम कुमार थापा मगरको अध्यक्षता, कोषाध्यक्ष युवा कुमारी कामु थापाको स्वागत र सचीव मीन बहादुर रानाको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij