मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

विश्व शान्तिका लागि लुम्बिनीमा ७ हजार दीप प्रज्वलन

विश्व शान्तिका लागि लुम्बिनीमा ७ हजार दीप प्रज्वलन

images
  • 768
    SHARES

  • images
    images
    images
    विश्व शान्तिका लागि लुम्बिनीमा ७ हजार दीप प्रज्वलन
    images
    images
    images

    लुम्बिनी पाना, लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा शनिबार बेलुका ७ हजार दीप प्रज्वलन गरिएको छ । चौथौ त्रिपिटक पाठ समारोहको समापन लगत्तै बेलुका केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा ७ हजार दीप प्रज्वलन गरिएको हो । 

    धम्मकाय फाउण्डेशनले भिक्षु भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका ५ सय जना अल्पकालीन भिक्षुहरुको सहभागितामा शान्ति र सौहार्दताका लागि दीप प्रज्वलन गरिएको हो । नेपालको झन्डा केन्द्रभाग मानी धम्मचक्रको आकार आउने गरी गरिएकाे दीप प्रज्वलनकाे अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष धम्मशाेभन महास्थविरले शुभारम्भ गरे ।

    images
    images
    images

    लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरी विश्व शान्ति र प्राणी जगतको कल्याणको कामना गर्नु आफैमा महत्वपूर्ण भएको बताए । उनले बुद्धका उपदेशहरुलाई यस्तै आध्यात्मिक कार्यक्रमहरुबाट विश्वभर फैलाउनुपर्नेमा जोड दिए । यस्तै कार्यक्रममा थाईधम्मकायका सल्लाहकार डा. अदिसकले बुद्धको शिक्षाले विश्वबन्धुत्व र एकतालाई जोड दिएको बताउँदै दीपले आन्तरीक र बाह्य ज्ञानलाई प्रतिबिम्बन गरेको बताए ।

    यसैगरी कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रीका सल्लाहकार रोशनी गिरी, अखिल नेपाल भिक्षु महासंघका सचिव भिक्षु निग्रोध महास्थविर, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपती डा. सुवर्णलाल बज्रचार्यले बोल्दै दीपको प्रकाशजस्तै बुद्धको उपदेशले पनि अध्यारो चिर्दै जाने बताए । गत वर्ष पनि सोही स्थानमा दीप प्रज्वलन गरिएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij