लुम्बिनी पाना, काठमाडौ।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौ महानगरपालिकाले टोकेको जरिवाना तिरेको छ। फागुन २५ गते आन्दोलनको क्रममा फोहोर गरेको र भौतिक संरचनामा केही क्षेती पुगेको भन्दै राप्रपालाई काठमाडौ महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो।
राप्रपाका प्रबक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञान बहादुर शाहीले सामाजिक संजाल मार्फत जानकारी गराउदै राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौ, राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाई बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार गर्दै रु १ लाख रुपैयाँ काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका उल्लेख गरेका छन् ।
यस अघि काठमाडौ महानगरपालिकाले नेकपा एमालेले गरेको आन्दोलनमा समेत फुटपाथमा क्षेती पुगेको भन्दै महानगरपालिकालाई जरिवाना तिराएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij