बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

चैत्र २ गते देवदहमा धम्मयात्रा हुँदै

चैत्र २ गते देवदहमा धम्मयात्रा हुँदै

images
  • 866
    SHARES

  • images
    images
    images
    चैत्र २ गते देवदहमा धम्मयात्रा हुँदै
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा धम्मयात्रा हुने भएको छ । लुम्बिनीमा भइरहेको पाँच सयजनाको कुलपुत्र प्रवज्या कार्यक्रम अन्तर्गत आगामी चैत्र २ गते शनिबार देवदहमा धम्म यात्रा हुने भएको हो । अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघ, लुम्बिनी विकास कोषको आयोजना तथा बौद्ध समाज नेपालको व्यवस्थापनमा धम्मयात्रा हुने भएको हो ।

    महामानव गौतम बुद्दको मावली स्थल देवदहको २ ठाउँमा धम्मयात्रा हुन लागेको मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको हो। देवदह -५ को पानबारी स्थित देवदह बौद्द बिहारमा बिहान ८ बजे सुरु हुने धम्मयात्रा देवदह-३ स्थित बौद्द शान्ति स्तुपा सम्म हुने र देवदह १२ मा हुने धम्मयात्रा कोलिय बुद्द बिहारबाट सुरु भएर शंकरपुर चोकबाट गुरुङ समाज हलमा पुगेर भोजन ग्रहण कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।

    images
    images
    images

    धम्मयात्रालाई व्यवस्थित र मर्यादित बनाउन देवदह बुद्द बिहारका अध्यक्ष भविन्द्र थापाको अध्यक्षतामा बनाउन १०१ सदस्यीय उपसमिति बनाइएको छ। "संसारकै सुन्दर र शक्तिशाली ३ जना महिलाहरु माता महामाया देवी जसले सिद्धार्थ गौतमलाई जन्म दिनु भयो, माता प्रजापति गौतमी जसले भगवान बुद्धलाई पालन पोषण गर्नु भयो र माता यशोधरा जसकी भगवान बुद्ध संग विवाह भयो । उहाँहरु जन्मेको यस पवित्र भुमी देवदहको महत्वलाई विश्वव्यापी चिनाउन धम्म यात्राको योगदान रहने उपसमितिका संयोजक भविन्द्र थापाको भनाई थियो।"

    धम्म यात्राको आरम्भ देवदह बौद्द विहारबाट देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख विद्यालक्ष्मी गुरुङ, नगर प्रवक्ता गणेश डुम्रे यशोधारा भिक्षुणी बिहार शितलनगरका प्रमख उपेखा गुरुमाको उपस्थितिमा सुरु हुने र खैरेनी चोक, गुरुङ टोला, सिगाहा, हुदै शान्ति बौद्ध स्तुपा सेमरहाना वडा नं ३ मा पुग्ने संयोजक थापाले जानकारी दिनुभयो।

    कार्यक्रममा बौद्द सेवा समाजका उपमहासचिव एवं धम्मयात्रा व्यवस्थापनका संयोजक चन्दा थापाले देवदहको २ ठाउँमा हुने धम्मयात्रामा १००-१०० जना गरी जम्मा २ सय जना भन्ते भिक्षु सहभागी हुने जानकारी दिनुभयो।बुद्धका उपदेश र शिक्षालाई फैलाउनका लागि धम्मयात्रा फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो।

    पत्रकार सम्मेलनमा देवदह नगरपालिका वडा नम्बर ३ का अध्यक्ष यज्ञ प्रसाद अर्यालले सबै धर्मको सम्मान गर्नुपर्ने बताउँदै वडाले विगतमा पनि देवदह र बुद्दको प्रचारप्रसारको लागि आवश्यक सहयोग सहजीकरण गरेको उल्लेख गर्नुभयो।

    सोही अवसरमा बौद्द सेवा समाजका उपमहासचिव दुरमान गुरुङ, नेपाल मगर संघका केन्द्रिय सह-अध्यक्ष दल बहादुर विरकट्टा, चक्रबन्धु थापाले सुझाव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम बौद्द शान्ति स्तुपाका अध्यक्ष चक्रबन्धु थापाको अध्यक्षता र सचीव भविन थापाको सञ्चालनमा सम्पन्न भएको थियो।


    यस्तो छ धम्मयात्रा सम्बन्धि आचारसंहिता

    बौद्ध धर्म र शासनलाई चिर स्थायी राख्न शील र आचरणलाई परिशुद्ध राख्नु पर्ने भएकोले निम्नानुसारका आचार संहिता निर्धारण गरिएको छ ।

    देवदह बौद्ध विहार, पानबारी क्षेत्र आर्यमौन रहने छ । अनावश्यक फोटो र सेल्फी आदि नखिच्ने। विशेष गरी महिला दिदी वहिनीहरुले अब्रम्हचरिय शील भंग हुने हुनाले नजिक गएर फोटो खिच्न नहुने। भन्ते सङ्ग बोल्दा हात जोडेर मधुर स्वरमा कुरा गर्ने । कम बोल्ने र हो हल्ला नगर्ने। शान्तिमय बातावरण बनाउने । 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij