लुम्बिनी पाना,देवदह । देवदह ७, रुपन्देहीमा अविस्थित देवदह इङलिस बोर्डिङ हाई स्कुलमा एसईई २०८१ मा सहभागी हुने विद्यार्थीहरुका लागि बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथी विद्यालयका संस्थापक प्राचार्य विष्णु प्रसाद पौडेलले शैक्षिक क्षेत्रमा यस क्षेत्रको मात्र नभएर राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा उत्कृष्ट स्थान हासिल गर्दै आइरहेको र यस वर्ष पनि एस ई इ परीक्षामा विद्यार्थी सक्षम हुने धारणा राख्दै, बिद्यार्थीहरुले आफुले सिकेका सिप ज्ञान र संस्कारलाई व्यवहारमा उतारी प्रमाण पत्रमात्रै होइन व्यवहारमा समेत परिवर्तन गर्न आग्रह गर्नुभयो ।
कक्षा ९ का विद्यार्थी जीवन वस्यालको अध्यक्षतामा, विद्यालयका संस्थापक प्राचार्य विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका कार्यवाहक प्राचार्य मन बहादुर क्षेत्री, वि.व्य.स का अध्यक्ष सुजाता लामिछाने, सहप्राचार्य विष्णु अर्याल लगायतले शुभकामना मन्तव्य राख्दै विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्नुभएको थियो भने विषयगत शिक्षकहरूको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरूले कक्षा १० का विद्यार्थीहरूलाई र कक्षा १० का विद्यार्थीहरूले शिक्षक कर्मचारीहरूलाई तथा विद्यालयलाई मायाको चिनो प्रदान गरेको थिए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij