लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह–५, खैरेनीमा रोहिणी मिल्क हाउस सञ्चालनमा आएको छ। बुधबार एक कार्यक्रमका बीच देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख विद्यालक्ष्मी गुरुङले मिल्क हाउसको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै कार्यवाहक नगरप्रमुख विद्यालक्ष्मी गुरुङले स्थानीयस्तरमा उद्यमशीलताको प्रवर्द्धन गर्न यस्ता व्यवसायहरू महत्वपूर्ण हुने बताउँदै व्यवसायीहरूलाई निरन्तर परिश्रम गर्न प्रेरित गर्नुभएको थियो ।करिब ५० लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको मिल्क हाउसले उपभोक्तालाई गुणस्तरीय दूध तथा दुग्धजन्य उत्पादनहरू उपलब्ध गराउने लक्ष्य लिएको छ।
रोहिणी मिल्क हाउसले सुनवल, बुटवल, रोहिणी, ओमसतिया, तिलोत्तमा लगायतका स्थानहरूबाट दूध संकलन तथा बिक्री वितरण गर्ने र दूध तथा दुग्धजन्य पदार्थको गुणस्तरलाई उच्च प्राथमिकता दिइएको मिल्क हाउसका अध्यक्ष रामचन्द्र पौडेलले जानकारी दिनुभयो।
उचित तापक्रम व्यवस्थापन नहुँदा दूधको गुणस्तरमा असर पर्ने भएकाले चिलिङ्ग भ्याट, इलेक्ट्रिक ब्याच पास्चराइजर, हुमनाइजर मेसिन, एजिङ्ग ट्याङ्क जस्ता अत्याधुनिक प्रविधिहरूको प्रयोग गरिएको अध्यक्ष पौडेलले बताउनुभयो।
भविष्यमा रोहिणी मिल्क हाउसले छिमेकी बजारहरूमा समेत संकलन तथा बिक्री केन्द्र विस्तार गर्ने योजना बनाएको सञ्चालक गोमा ज्ञवालीले बताउनुभयो । उहाले मिल्क हाउसमा दूध, दही, नौनी, घिउ, पनिर, खोवा, कुल्फी, आइसक्रिम लगायतका दुग्धजन्य सामग्रीहरू उपलब्ध रहेको बताउनुभयो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij