मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सहकारीले आफ्ना शेयर सदस्यहरुलाई उद्यमी बनाउनु पर्नेमा जोड

सहकारीले आफ्ना शेयर सदस्यहरुलाई उद्यमी बनाउनु पर्नेमा जोड

images
  • 331
    SHARES

  • images
    images
    images
    सहकारीले आफ्ना शेयर सदस्यहरुलाई उद्यमी बनाउनु पर्नेमा जोड
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। देवदह नगरपालिकाका पूर्व नगर प्रमुख हिरा बहादुर खत्रीले सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुलाई उद्यमी बनाउनु पर्ने बताउनु भएको छ । आत्मरक्षा बचत तथा ऋण सहकारी संस्था देवदहले आयोजना गरेको विस्तारित बैठक तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो ।

    मंगलवार देवदहको भलुहीमा भएको कार्यक्रममा उहाँले सहकारीले पेशा गर्न र उत्पादन गर्न प्रेरित गर्नु पर्नेमा जोड दिनु भयो । संस्थाका प्रमुख सल्लाहाकार खत्रीले फरक फरक विचारको मन्थन गर्दै निर्णयमा पुगे पछि त्यस्ता निर्णयहरुलाई हाम्रो विचार भनि अपनत्व ग्रहण गर्ने गरी संघ संस्थाहरु लाग्न पर्ने भनाई राख्नु भयो । सोही कार्यक्रममा पूर्व संचालक तथा निर्वाचन उपसमितिलाई समेत दोसल्ला मायाको चिनो तथा सम्मान पत्रबाट सम्मानित गरिएको थियो ।

    images
    images
    images

    संस्थाका कोषाध्यक्ष ओम बहादुर अधिकारीको संयोजकत्वमा भएको कार्यक्रममा सहायक व्यवस्थापक हर्क बहादुर खत्रीले संस्थाको बर्तमान अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । संस्थाका अध्यक्ष राजेन्द्र पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष पराजुलीले विद्यमान सहकारी ऐन नियममा रही शेयर सदस्यहरुलाई अधिकतम सेवा दिन आफु प्रतिबद्ध रहेका भन्दै सवै पदाधिकारी तथा कर्मचारीहरुलाई ईमान्दारिताका साथ काम गर्न आग्रह गर्नु भयो ।

    सहकारीका उपाध्यक्ष खेमलाल चापागाईको स्वागत तथा सचिव लता चापागाईको संचालनमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष लेट बहादुर पुन, निवर्तमान अध्यक्ष जित बहादुर पाईजा, सल्लाहाकाद्धय चन्द्र बहादुर रसाईली हेमलाल पाण्डे, चरङ्गे सेवा केन्द्र संयोजक सुरेश रानामगर, महादेव प्रसाद अधिकारी, सरस्वती रिजाल, अन्जु न्यौपाने लगायतले बोल्नु भएको थियो ।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij