बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहमा वन डढेलो नियन्त्रण गर्न सचेतना अभियान

देवदहमा वन डढेलो नियन्त्रण गर्न सचेतना अभियान

images
  • 726
    SHARES

  • images
    images
    images
    देवदहमा वन डढेलो नियन्त्रण गर्न सचेतना अभियान
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा एकहप्ते वन डढेलो नियन्त्रण सम्बन्धि सचेतनामूलक अभियान सुरु गरिएको छ।अभियानको पहिलो चरणको कार्यक्रम अन्तर्गत बिहिवार सचेतना र्याली निकालिएको हो।१ गाउँ वन समन्वय संजाल रुपन्देहीको आयोजनामा देवदह -७ वनचौकी स्थित सब डिभिजन वन कार्यालयबाट सुरु भएको सचेतना र्याली स्मृति सामुदायिक वन, शिवालय सामुदायिक वन, बुद्द पार्क हुँदै बुद्द सामुदायिक वनमा पुगेर समापन भएको थियो।

    सञ्जालमा आवद्ध सबै सामूदायिक वनहरूको प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षा निकाय, पत्रकार, विद्यार्थीहरुको सहभागीतामा सम्पन्न र्यालीमा "आगोको सावधानी पूर्वक प्रयोगले वन डढेलो नियन्त्रण गर्न सकिन्छ" "सुख्खा यामको बेला वनमा लाइटर सलाई निषेध गरौं" सावधान वनमा डढेलो लगाउनेलाई विगो असुल गरि ३ वर्ष जेल वा ६० हजार जरिवाना या दुबै सजाय हुन सक्नेछ" वन डढेलो लगाउनु दण्डनिय अपराध हो, वब डढेलो लगाउनेलाई कानुनी कारवाही गरौं"लगायतका प्ले कार्ड सहितको पोस्टर तथा सचेतनामूलक सामाग्री समेत प्रदर्शन गरिएको थियो।

    images
    images
    images

    समापन समारोहमा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख विद्यालक्ष्मी गुरुङले वन डढेलो विपत्तिको रुपमा रहेको भन्दै डढेलो लाग्ने मौसममा विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो।मानवीय क्रियाकलापको लापरबाहीको कारण वन डढेलो लाग्ने भएकोले वन डढेलो नियन्त्रण गर्न सबैभन्दा पहिले मानव सचेत हुनुपर्ने उहाँको भनाई थियो।

    त्यस्तै कार्यक्रममा विशिस्ट अतिथि जिल्ला वन कार्यालय रुपन्देहीका प्रमुख प्रवीण विडारीले वन डढेलोले वनको सौर्न्दर्य विगार्ने, प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्ने, जिवजन्तुलाई असर पर्ने, वन विनाश हुने भएकोले यसको एक मात्र समाधान भनेको वन डढेलो नियन्त्रण गर्नु रहेको बताउनुभयो।

    प्रमुख विडारीले आगलागीका कारण जल वायु परिवर्तनमा गम्भीर असर पर्दा मानव स्वास्थ्यमा विकराल समस्या आउने भएकोले नियन्त्रणका लागी सबै पक्षको समान सक्रियता हुनुपर्ने विचार व्यक्त गर्नुभयो।

    जिल्ला वन कार्यालय रुपन्देहीका वरिष्ठ वन अधिकृत दिपक केसी, देवदह आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख जयकिशनले अधिकारी लगायत वक्ताहरूले बोल्दै वन डढेलो नियन्त्रणका लागि सबै क्षेत्रको उत्तिकै महत्त्वपूर्ण भूमिका रहने विचार व्यक्त गर्नुभएको थियो।

    फाल्गुनदेखि असार सम्म वनमा अत्याधिक डढेकोको जोखिम हुने भएकाले यो अवधीमा वन डढेलो नियन्त्रणका लागि निगरानी बढाईने र यस क्षेत्रमा रहेको वन सामुदायिक वन र साझेदारी वन अन्तर्गत रहेकाले थप जनशक्ति व्यवस्थापन गरेर सम्भावित डढेलोको जोखिमलाई न्युनिकरण गर्न लागिएको गाउँ वन समन्वय संजाल रुपन्देहीले जनाएको छ।

    कार्यक्रम गाउँ वन समन्वय संजाल रुपन्देहीका अध्यक्ष खेम नारायण अधिकारीको अध्यक्षता, संजालका उपाध्यक्ष रुका सापकोटाको स्वागत र सचीव टेक बहादुर रानाको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij