बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

घरेलु हिंसा अन्त्यका लागि बहस पैरवी तथा सचेतनामूलक कार्यक्रम

घरेलु हिंसा अन्त्यका लागि बहस पैरवी तथा सचेतनामूलक कार्यक्रम

images
  • 656
    SHARES

  • images
    images
    images
    घरेलु हिंसा अन्त्यका लागि बहस पैरवी तथा सचेतनामूलक कार्यक्रम
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा घरेलु हिंसा अन्त्यका लागि बहस पैरवी एवं सामाजिक विभेद, छुवाछूत सामाजिक कुरीति, अन्धविश्वास र लैङ्गक विभेदको न्यूनीकरण सम्बन्धि चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

    देवदह नगरपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा घरेलु हिंसा तथा लैङ्गिक विभेद जस्तो कुप्रथालाई अन्त्य, घरघरमामा हुने, महिलामाथि हुने हिंसा,छाउपडिप्रथा, यौन हिंसाका पीडितहरुलाई कानुनी पहुँच लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो।

    images
    images
    images

    कार्यक्रममा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिका कार्यवाहक नगर प्रमुख विद्या लक्ष्मी गुरुङले विद्यालक्ष्मी गुरुङ नगरपालिकाले घरेलु हिंसा तथा विभेद अन्त्यको लागि टोल टोलमा सचेतना अभियान आयोजना गरिएको बताउनुभयो।

    आफ्नो घर, टोल वा गाउँमा हुने अपराधीक गतिविधिलाई रोक्न र सचेतना फैलाउन टोल विकास संस्थाको महत्त्वपूर्ण भूमिका रहने भएकोले यसको लागि विशेष योजना बनाएर लाग्न आग्रह गर्नुभयो।

    देवदह नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष यज्ञ प्रसाद अर्यालले समाजमा हुने हरेक किसिमका हिंसा तथा विभेद अन्त्यको लागी टोल टोल बाटै अभियान संचालन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।

    सचेतना कार्यक्रममा खैरेनी प्रहरी चौकीका प्रमुख एक्क बहादुर नेपालीले लैंङ्गिक तथा यौन हिंसा गर्नेलाई कानुनी सजाय, जातीय आर्थिक लेनदेन गर्दा अपनाउनु पर्ने प्रक्रिया, भेदभाव उन्मुलनसम्बन्धी ऐनको विषयमा पैरवी गर्नुभएको थियो।

    त्यस्तै प्रशिक्षक इन्दिरा अर्यालले घरेलु हिंसा, महिला तथा बालबालिका माथि हुर्ने दुव्र्यवहार, लैङ्गिक विभेद तथा यसका नियन्त्रणका विषयमा छलफल गर्नुभएको थियो।

    कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर -२ का वडा अध्यक्ष दल बहादुर राकसकोटी, वडा नम्बर ४ का वडा अध्यक्ष दमननाथ रेग्मी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश गिरि,कार्यपालिका सदस्य, टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। 

    कार्यक्रम देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख विद्यालक्ष्मी गुरुङको अध्यक्षता, उपप्रमुख सङ्ग महिला कार्यक्रमका सदस्य एवं कार्यपालिका सदस्य लक्ष्मी विकको स्वागत र देवदह नगरपालिकाका कर्मचारी इन्दिरा भुसालको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij