मंगलवार, आश्विन १३ गते २०८३
लुम्बिनी पाना, देवदह । डि-युनिटी युवा क्लब देवदहको छैठौं अधिवेशनबाट सचिन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिती गठन भएको छ । शनिबार देवदहमा भएको भेलाले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो।
क्लबको उपाध्यक्षमा सुनिल राना, सचीवमा सुजन सिंजाली, कोषाध्यक्षमा दिनु गुरुङ र सहसचिवमा प्रेम भूर्तेल रहनुभएको छ। साथै सदस्यहरुमा विपिन बोहरा, रमेश खरेल, नारायण बस्नेत, साजन गुरुङ, साधना सारु, वविन गुरुङ, रेमन्त शर्मा, राजेश खवास, विवेक जङ्ग कार्की रहेको निर्वाचन मण्डलका संयोज एवं क्लबका पूर्व अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो।
नव निर्वाचित अध्यक्ष सचिन श्रेष्ठले पदभार ग्रहण गर्दै क्लबले विगतमा थुप्रै सामाजिक क्रियाकलापहरु गरिरहेको र आगामी दिनमा समेत क्लबको साख जोगाउने गरि काम गर्ने प्रतिबद्धता जनाउनुभयो।
अध्यक्ष श्रेष्ठले आफुलाई विश्वास गरि दिइएको जिम्मेवारी पुरा गर्न कटिबद्ध रहेको धारणा राख्दै क्लबले खेल मात्र नभई सामाजिक काममा समेत तदारुकता देखाउने र बोलेर नभई काम गरेर देखाउने बताउनुभयो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवदह नगरपालिका वडा नम्बर ५ का कार्यवाहक अध्यक्ष होमनाथ भट्टराईले क्लबले खेल क्षेत्रमा पुर्याएको योगदानको प्रसंशा गर्नुभएको थियो। डि युनिटी क्लब देवदहको पुरानो र क्रियाशिल एवं स्थानीय र राष्ट्रिय खेलाडी उत्पादन गरेको क्लब भएको भन्दै पानबारी खेलमैदानको संरक्षणमा समेत यो क्लबको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो।साथै खेलकुद गतिविधि तथा क्लबलाई अगाडि बढाउन आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको वडाको तर्फबाट आर्थिक तथा सबै ढंगबाट सहयोग गर्ने उहाँको भनाई थियो।
कार्यक्रमा पूर्व अध्यक्ष राजु श्रेष्ठले बोल्दै क्लबले खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो। डि युनिटीबाट उत्पादित खेलाडीहरु ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीबाट मनोज गुरुङ आरसिटी बाट रेशम राना र भिम दर्लामी तथा बि डिभिजनबाट समेत प्रकाश बार्हघेरे, सन्तोष घले, नवराज घले, प्रकाश गुरुङ, विक्की राना लगायतले खेल्ने अवसर पाएको भन्दै आगामी दिनमा समेत क्लबलाई चलायमान बनाएर लैजान सुझाव दिनुभयो। कार्यक्रममा पूर्व अध्यक्ष अजय गुरुङ एवं सल्लाहकार तथा पूर्व अध्यक्षहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij