बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदह खानेपानीको पाइपमा आगलागी, १० लाख बराबरको पाइप नष्ट

देवदह खानेपानीको पाइपमा आगलागी, १० लाख बराबरको पाइप नष्ट

images
  • 1.6K
    SHARES

  • images
    images
    images
    देवदह खानेपानीको पाइपमा आगलागी, १० लाख बराबरको पाइप नष्ट
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदह स्थित देवदह खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पाइपमा आगलागी हुँदा १० लाख बराबरको क्षेती भएको छ। खानेपानीका कर्मचारीले सरसफाइ गरेर फोहोर जलाउने क्रममा अनियन्त्रित भइ आगलागी भएको खैरेनी प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक एक्क बहादुर नेपालीले जानकारी दिनुभयो।

    देवदह -७ को सावित्री टोल स्थित खानेपानी संस्थानको पानीको बोरिङ रहेको खानेपानी कम्पाउन्ड भित्र रहेको फोहोर जलाउने क्रममा हावाको कारणले आगो अचानक पाईपमा पुगि आगलागि हुँदा ६३ एमएमको ३९०० मिटर, ६६ एमएमको १९०० मिटर, ११० एमएम को ११०० मिटर, १२५ एमएम को ५०० मिटर, २०० एमएम को ३०० मिटर प्लाष्टिकको कालो पाईप जलेर नष्ट हुँदा १०,०००००।- (दश लाख) मुल्य बराबर क्षेति भएको निरीक्षक नेपालीले जानकारी दिनुभयो।

    images
    images
    images

    आगलागीबाट मानविय तथा चौपाय क्षेति नभएको र प्रहरी चौकी खैरेनीबाट प्रहरी सहायक निरीक्षक नगेन्द्र बहादुर क्षेत्रीको कमान्डमा ५ जनाको टोलि, देवदह नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा दिउँसो ४ :१५ बजेको समयमा आगलागी नियन्त्रणमा आएको लुम्बिनी पानालाई जानकारी प्राप्त भएको छ।

    गर्मी बढे सङ्गै दिनप्रतिदिन आगलागीका घटना वृद्धि भएका छन् ।विभिन्न संघ संस्थाहरुले आगलागी हुन नदिनबाट सचेत हुन आग्रह गरेको छ।गर्मी याममा वर्षेनि आगलागीका घटनाबाट लाखौं क्षेती हुने गरेको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij