बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहमा वाथ रोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने

देवदहमा वाथ रोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने

images
  • 697
    SHARES

  • images
    images
    images
    देवदहमा वाथ रोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने
    images
    images
    images

    चैत्र ९, देवदह । रुपन्देहीको देवदहमा वाथ रोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । नेसनल बाथ रोग सेन्टर बुटवलको आयोजना एवम यशोधरा भिक्षुणी विहार, देवदह शितलनगरको व्यवस्थापनमा स्वास्थ्य शिविर हुने भएको हो ।

    यहि चैत्र २० गते देवदह -७, शितलनगर स्थित यशोधरा भिक्षुणी विहारको परिसरमा हुने शिविरमा विशेषज्ञ डाक्टर द्वारा वाथरोगको परिक्षण,सुगर परिक्षण तथा निशुल्क औषधि वितरण एवम परामर्श दिईने नेशनल बाथरोग सेन्टरका व्यवस्थापक अविनास पल्लीले बताए ।

    images
    images
    images

    शिविरमा दुई सय जना भन्दा बढीलाई परिक्षण, परामर्श तथा निशुल्क औषधि वितरण गर्ने लक्ष्य राखिएको व्यवस्थापक पल्लीले जानकारी दिए । वाथ रोगको समस्याले ४० वर्ष भन्दा माथीका महिला - पुरुष र जेष्ट नागरिकहरुलाई बढी प्रभावित पार्ने भएकाले यस रोग सम्बन्धि जनचेतना फैलाउन शिविरको आयोजना गरिएको उनले वताए ।

    देवदह क्षेत्रका नागरीकहरुमा स्वास्थ्य सम्बन्धि जनचेतना विस्तार गर्न तथा स्वस्थ्य जीवन जीउनका लागि अभिप्रेरणा प्रदान गर्न शिविर महत्त्वपूर्ण हुने यशोधरा भिक्षुणी विहारका संरक्षक उपेखा गुरुमाले बताईन ।

    शिविरमा उपस्थित भएर स्वास्थ्य सम्बन्धि जानकारी सहित स्वास्थ्य लाभ लिन उनले सवैलाई आग्रह गरिन । भिक्षुणी विहार मानव कल्याणको लागि कृयाशिल रहेको बताउँदै गुरुमा उपेखाले स्वास्थ्य शिविरबाट पनि सामाजिक सेवालाई योगदान दिन खोजिएको बताईन ।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij