बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

राजसंस्था स्थापनाका लागि युएईमा जुटे प्रवासी नेपाली

राजसंस्था स्थापनाका लागि युएईमा जुटे प्रवासी नेपाली

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    राजसंस्था स्थापनाका लागि युएईमा जुटे प्रवासी नेपाली
    images
    images
    images

    लुम्बिनी पाना, दुबई ।नेपालमा पछिल्लो समय राप्रपाको नेतृत्वमा "अवस्था बदल्न व्यवस्था बदलौ" भन्ने नाराका साथ सुरु गरेको आन्दोलनलाई प्रवास बाट समेत समर्थन बढ्दै गएको छ।

    प्रवासी नेपाली एकता समाज युएईले मार्च २३ मा महामन्त्री श्री जङ्ग शाहीको अध्यक्षतामा बैठक बसि आगामी दिनमा राप्रपा नेतृत्वमा हुने शान्ति पुर्ण आन्दोलनलाई कसरी सहयोग गर्ने भन्ने बिषयमा छलफल गरिएको हो।

    images
    images
    images

    बैठकमा प्रमुख अतिथि राप्रपाका केन्द्रिय सदस्य तोयानाथ लम्सालले समाजिक संजाललाई प्रयोग गरेर प्रवासका विभिन्न स्थान बाट शान्तिपुर्ण आन्दोलनलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो। अहिलेको आन्दोलन पार्टी विशेषको नभएर देशमा लुटतन्त्र मच्चाउनेहरुको अन्त गर्न भएको हुनाले हरेक नेपालीले सहयोग गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

    बैठकमा युएईमा रहेर पनि देशको धर्म, संस्कृति र हिन्दुराज्य नेपाल हुनुपर्छ, देशमा धर्मको रक्षा हुनुपर्छ भन्ने उद्देश्यले स्थापना भएका धार्मिक संगठनहरु श्रीवैष्णव परिषद् युएईका सचीव गणेश राज जोशी, हिन्दु जागरण नेपाल युएई साखाका अध्यक्ष भुमी राज कंडेल, माई नेपाल युएईका अध्यक्ष सन्जिव आर्यविर र सनातन गौ संरक्षण युएईका अध्यक्ष अध्यक्ष दयाराम सागरको उपस्थिति रहेको थियो ।

    युएईमा अवस्थित ४ ओटै धार्मिक संस्थाका प्रतिनिधिहरुले कुनै पनि हालतमा देशलाई राज संस्थाले सुसज्जित गरि राष्ट्रलाई हिन्दुराज्य बनाउन जस्तो सुकै मूल्य चुकाउन तयार भएको र अहिले नेपालमा राप्रपाले गरेको आन्दोलनलाई तन, मन र धन सबैले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

    पानस युएईका प्रमुख सल्लाहकार मधुकर वेलबासेले अब हामी अन्तिम शान्ति पुर्ण लडाईमा पुगिसकेको भन्दै उपस्थित सबैलाई आ -आफ्नो स्थान बाट अहम् भुमिका हुनु पर्ने बताउनु भएको थियो ।कार्यक्रम संगठनकि सह-सचीव बसन्ती रायामाझीको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, चैत्र ११ २०८१०८:४६:३१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij