बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

सोईया महिला स्वावलम्बी संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

सोईया महिला स्वावलम्बी संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

images
  • 647
    SHARES

  • images
    images
    images
    सोईया महिला स्वावलम्बी संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा क्रियासिल संस्था सोईया महिला स्वावलम्बी संस्थाको ११ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ । शुक्रबार देवदह ३, आदिवासी जनजाती भवनमा सम्पन्न सभाबाट केशुमाया श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय समिती सर्वसम्मत चयन भएको छ । 

    जसको उपाध्यक्षमा मैना परियार, सचिवमा विनिता रास्कोटी, कोषाध्यक्षमा सन्ध्या माझी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मिना लम्तरी, सविना नेपाली र बाटुली परियार रहेका छन् ।

    images
    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख विद्या लक्ष्मी गुरुङले सोईया महिला स्वावलम्बी संस्थाले गरेका कार्यहरू प्रशंसनीय रहेको बताउनुभयो। उहाँले यस संस्थाले शिक्षा, बालबालिका तथा महिलाहरूको सशक्तिकरणमा महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गर्नुभयो। साथै, उहाँले नवगठित समितिलाई सफल तथा रचनात्मक कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा देवदह नगरपालिका वडा नं १ का वडा अध्यक्ष दिपक नेपाल, वडा नं २ का वडा अध्यक्ष दल बहादुर राकस्कोटी, देवदह वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मी, देवदह ६ का वडा अध्यक्ष खेम बहादुर थापा, देवदह १२ का वडा अध्यक्ष डेग बहादुर सुरु, देवदह ३ का कार्यवाहक वडा अध्यक्ष अम्बिका प्रसाद चौधरी, देवदह नगरपालिका कृषि शाखाका पविन्द्र मल्ल लगाएतले आ-आफ्नो भनाई राखेका थिए ।

    उक्त कार्यक्रममा साधारण सभाको प्रतिवेदन तथा संस्थाले गरिरहेको कार्यक्रमको जनकारी संस्थाको व्यवस्थापक मेनुका न्यौपाने, आर्थिक प्रतिवेदन संस्थाको कोषाध्यक्ष राधिका डुम्रेले प्रस्तुत गर्नुभएको थियोे ।

    कार्यक्रम संस्थाका अध्यक्ष केशमाया थापाको अध्यक्षता गुणस्तरीय शिक्षा परियोजना संयोजक प्रकाश भुर्तेलको स्वागत र कर्मचारी एलिना हमालको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij