लुम्बिनी पाना, बुटवल।नेपाल उत्पीडित जातीय मुक्ति समाज रुपन्देहीको आठौं जिल्ला सम्मेलन सम्पन्न भएको छ।नेकपा एमाले लुम्बिनी प्रदेश पार्टी कार्यालयमा शुक्रबार सम्पन्न सम्मेलनले विकास गहतराजको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो।
समाजको उपाध्यक्षमा तम बहादुर विश्वकर्मा, सचिवमा सुमित्रा बराल, उपसचिव चम्पा गहतराज, आस्था नेपाली, कोषाध्यक्षमा आसम बहादुर बिश्वकर्मा रहनुभएको निर्वाचन मण्डलका संयोजक तेज प्रसाद विश्वाकर्माले बताउनुभयो।
निर्वाचित भएपछि अध्यक्ष गहतराजले पदभार ग्रहण गर्दै मुलुकमा परिवर्तनका खातिर भएका विभिन्न जनक्रान्ती तथा आन्दोलनमा दलित समुदायले अग्रपंक्तिमा रहेर बलिदान दिएको र पुर्खाहरुले गरेको बलिदानी र त्यागलाई सम्मान गर्दै जातीय मुक्ति आन्दोलनको हक, हित र अधिकारका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको उद्घाटन सत्र नेकपा एमालेका सचीव, प्रतिनिधि सभा सदस्य छबिलाल विश्वकर्माको प्रमुख आतिथ्यता, समाजका जिल्ला अध्यक्ष दिपेन्द्र विश्वकर्माको अध्यक्षता र सचिव हेम विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij