बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहमा मनाइयो विश्व नेवाः दिवस

देवदहमा मनाइयो विश्व नेवाः दिवस

images
  • 880
    SHARES

  • images
    images
    images
    देवदहमा मनाइयो विश्व नेवाः दिवस
    images
    images
    images

    चैत १६ देवदह । विश्व नेवा : दिवस देवदहमा विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । नेवा: देय् दबू देवदहको आयोजना, नेवा पुच: खैरेनी -५, देवदह झिंगु नेवा : समाज देवदह १, भिं सुठ नेवा: गुठि देवदह ६,  भिमसेन नेवा: गुठि देवदह ११ र झि नेवा पुच: टटेराको संयुक्त सह- आयोजनामा देवदह -५ पानबारीमा विश्व नेवा : दिवस मनाइएको हो ।

    कार्यक्रममा प्रमुख लुम्बिनी प्रदेश सभा सदस्य आशिष चौधरीले नेवार समुदायमा सांस्कृतिक विविधता सहिताको एकता भएको भन्दै संस्कृतिको संरक्षण र पहिचानमा आदिवासी जनजाति अग्र स्थानमा रहेको बताउनुभयो।

    images
    images
    images

    हरेक मार्च महिनाको अन्तिम शनिबारलाई ‘विश्व नेवाः दिवस’ का रूपमा मनाउने गरिएको र सोहि अनुसार आज अन्तर्राष्ट्रिय विश्व नेवाः दिवस विभिन्न कार्यक्रम गरि मनाइएको हो । नेवारी साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले यो दिवस मनाउने गरिएको नेवा: देय् दबू देवदहका अध्यक्ष कुशलराज श्रेष्ठले बताउनुभयो ।

    कार्यक्रमका वक्ताहरूले नेवाः सभ्यता र संस्कृति नेपालको पहिचान भएकाले यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिएका थिए । सभ्यता र संस्कृति मासिए पहिचान हराउने भएकाले नेवाः परम्परा सङ्गै नेपालको सबै जातजातिको भाषा धर्म संस्कार र संस्कृति जगेर्ना गर्नुपर्ने बक्ताहरुको भनाई रहेको थियो।

    कार्यक्रमको अवसरमा एसईई र एसएलसीमा ए र ए प्लस प्राप्त गर्ने विद्यार्थी र कलाकार तथा र्याली तथा नृत्ययमा सहभागी हुने पुच:हरुलाई सम्मान गरिएको थियो।

    कार्यक्रम नेवा: देय् दबू देवदहका अध्यक्ष कुशलराज श्रेष्ठको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष केशुमाया श्रेष्ठको स्वागत र सचिब राजकुमार श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij