बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

रोहिणी सामुदायिक वनको वन डढेलो नियन्त्रण सम्बन्धि सचेतना अभियान

रोहिणी सामुदायिक वनको वन डढेलो नियन्त्रण सम्बन्धि सचेतना अभियान

images
  • 410
    SHARES

  • images
    images
    images
    रोहिणी सामुदायिक वनको वन डढेलो नियन्त्रण सम्बन्धि सचेतना अभियान
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदहमा वन डढेलो सम्बन्धि सचेतना अभियान संचालन गरिएको छ।रोहिणी सामुदायिक वन देवदह -१० को आयोजनामा वन डढेलो सचेतना अभियान संचालन गरिएको हो।

    कार्यक्रममा प्रशिक्षणमूलक मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथी तिलोत्तमा सव वन डिभिजन कार्यालयका सहायक वन अधिकृत ध्रुव प्रसाद चौधरीले डढेलो नियन्त्रणका लागि सबभन्दा पहिले समुदायमा सचेतना र सावधानी अपनाउनु पर्ने बताउनु भयो।सकेसम्म डढेलो लाग्न नदिने र मानवीय त्रुटिले आगलागी वा डढेलो लागिहालेमा डढेलोसँग जुध्नका लागि तयारी अवस्थामा रहनु पर्ने धारणा व्यक्त गर्नुभयो ।

    images
    images
    images

    सम्भावित डढेलो लाग्ने क्षेत्रको पहिचान गरि अग्नि रेखा बनाउनुपर्ने र त्यस्तो क्षेत्रमा यन्त्र र दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने र आगो लागेको खण्डमा आगोलाई निभाई थप फैलिन नदिने र समुदाय तथा उपभोक्ता चनाखो हुनुपर्ने सहायक वन अधिकृत चौधरीले बताउनुभयो।

    विश्वमा वर्षेनि १० हजार मानिसको डढेलोको कारण अकालमै ज्यान जाने गरेको र नेपालमा औसत ८ जना मानिसले डढेलोको कारण ज्यान गुमाउने गरेको दु:खद दृष्टान्त रहेको भन्दै डढेलो र आगजनीजन्य घटना हुन नदिन चनाखो रहन आग्रह गर्नुभयो।

    कार्यक्रममा जनप्रिय सामुदायिक वनको अध्यक्ष रुका सापकोटा, अल्की सामुदायिक वनका अध्यक्ष राज कुमार थापा, भलुही प्रहरी चौकीका ईन्चार्ज बासुदेव वेलबासे लगायतले बोल्दै डढेलो नियन्त्रण सचेतना अभियानमा हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभएको थियो।

    संस्थाका कार्यवाहक अध्यक्ष निर्मल पराजुलीको अध्यक्षत कार्यसमिति सदस्य केशव पराजुलीको स्वागत र कोषाध्यक्ष श्याम थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij