बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहमा आमा समूहलाई बाध्यवादन तालिम सुरु

देवदहमा आमा समूहलाई बाध्यवादन तालिम सुरु

images
  • 897
    SHARES

  • images
    images
    images
    देवदहमा आमा समूहलाई बाध्यवादन तालिम सुरु
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा १५ दिने बाध्यवादन तालीम सुरु भएको छ।देवदह नगरपालिका वडा नम्बर -३ को आयोजना र रोहिणी सास्कृतिक मञ्चको सहजीकरणमा देवदह-३ सेमरहानामा तालीम सुरु गरिएको हो।

    कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै देवदह नगरपालिका वडा नम्बर-३ का वडा अध्यक्ष यज्ञ प्रसाद अर्यालले मौलिक सस्कृतीलाई जोगाउन र महिलाहरुलाई सीप प्रदान गर्न तालीमको आयोजना गरिएको बताउनुभयो। तालिम अवधीभर अनुशासित भएर प्रशिक्षण लिन र सिपलाई व्यवहारमा उतार्न अध्यक्ष अर्यालले आग्रह गर्नुभयो। वडाले समानुपातिकरुपमा सबै पक्षलाई समेटेर विकास निर्माणका कार्यहरु संचालन गरिरहेको भन्दै वडाको विकास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको जानकारी दिनुभयो।

    images
    images
    images

    १५ दिन सम्म संचालन हुने तालिममा देवदह -३ का ५ वटा आमा समूहहरुलाई हार्मोनियम मादल, खैजडी र मजुरा बजाउन सिकाइने रोहीणी सास्कृतिक मंचका अध्यक्ष प्रीतम कुमार थापाले बताउनुभयो।तालिममा ४० जना प्रशिक्षार्थीको सहभागीता रहेको छ।

    तालिमको उद्घाटन सत्रमा ब्राह्मण समाज देवदहका नगर अध्यक्ष बिष्णु प्रसाद अर्याल, कार्यपालिका सदस्य टिकिसरा सुनार, वडा सदस्य अम्रिका प्रसाद चौधरी, शिवालय आमा समूहका अध्यक्ष केशरी गैर्हे, प्रशिक्षक भगेन्द्र बहादुर विश्वकर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

    कार्यक्रम संस्थाका अध्यक्ष प्रीतम कुमार थापा मगरको अध्यक्षता, कोषाध्यक्ष युवा कुमारी कामु थापाको स्वागत र सह-सचीव केशव पराजुलीको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, चैत्र १७ २०८१०७:३०:५५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij