लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा सहकारीहरुको वर्तमान अवस्था र आगामी रणनीतिहरु विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ। देवदह नगरपालिका सहकारी सञ्जालको आयोजना र देवदह नगरपालिकाको आर्थिक सहयोगमा ६८ औं राष्ट्रिय सहकारी दिवस २०८१ को अवसरमा मंगलबार उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख विद्या लक्ष्मी गुरुङले गोष्ठीबाट उठेका कुराहरुलाई कार्यपालिकाको बैठकमा लैजाने र त्यसको समाधान गर्ने कुरामा आफू सकारात्मक रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएकी गुरूङले एकै प्रकृतिका सहकारीहरु समायाेजन गर्न जरुरी रहेकोले एकीकरण भएर जान आग्रह गर्नुभयो । सहकारीले आफ्ना शेयर सदस्यहरुलाई सहकारी शिक्षाको आवश्यकता रहेको हुँदा समय समयमा सहकारीको काम कर्तब्यका बारेमा प्रशिक्षण दिनु पर्ने बताउनुभयो । वहाँले सहकारीहरूले आर्थिक समृद्धि र सामाजिक एकतामा महत्त्वपूर्ण भुमिका खेल्ने हुदा सोही अनुसार लाग्न आग्रह गर्नुभयो ।
सहकारीले शेयर सदस्यलाई ब्यावसायी र उद्धमी बनाउन आग्रह गर्दै नगरपालिकाले समेत सहयोग गर्न तयार रहेकाे बताउनु भयाे ।वहाले यस किसिमका कार्यक्रमले सहकारी क्षेत्रलाई थप सशक्त र प्रभावकारी बन्नेमा आफू आसावादी रहेको बताउनुभयो ।
कार्यशाला गोष्ठीमा देवदह नगरपालिकाका सहकारी शाखाका तिर्थ खनाल, जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचन लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो ।
कार्यक्रममा कृषि सहकारीको विषयमा राष्ट्रिय सहकारी संघका सञ्चालक टीका न्यौपाने, बचत तथा ऋण सहकारी संस्थाको विषयमा जिल्ला सहकारी संघ रुपन्देहीको कोषाध्यक्ष सुभाकान्त न्यौपाने, बहुउद्देश्यीय सहकारी संस्थाको विषयमा जिल्ला सदस्य मोतिलाल ढकाल र दूध उत्पादक सहकारीका विषयमा सुर्यकान्त रेग्मीले प्रस्तुती दिनुभएको थियो ।
कार्यक्रम सहकारी संञ्जाल देवदहका अध्यक्ष जागेश्वर पंगेनीको अध्यक्षता र सञ्जालका सचिव गोबिन्द ठडराईको सञ्चालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij