बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

आत्मरक्षा सहकारीद्वारा सहकारी दिवसको अवसरमा पोशाक वितरण एवं भित्तेपात्रो विमोचन

आत्मरक्षा सहकारीद्वारा सहकारी दिवसको अवसरमा पोशाक वितरण एवं भित्तेपात्रो विमोचन

images
  • 476
    SHARES

  • images
    images
    images
    आत्मरक्षा सहकारीद्वारा सहकारी दिवसको अवसरमा पोशाक वितरण एवं भित्तेपात्रो विमोचन
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रुपन्देहीको देवदह स्थित जनप्रिय माविमा पोशाक वितरण तथा क्यालेण्डर विमोचन गरिएको छ । समुन्नत सदस्य सबल आत्मरक्षा सहकारी भन्ने मुल नाराका साथ आत्मरक्षा बचत तथा ऋण सहकारी संंस्था भलुहीले सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाको बार्षिक कार्ययोजना अनुसार उक्त कार्यक्रम गरिएको हो ।

    संस्थाका अध्यक्ष राजेन्द्र पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका प्रथम नगर प्रमुख हिरा बहादुर खत्रीले अभिभावकहरुले आफ्ना नानी बाबुहरुलाई बचत गर्ने बानीको विकास गराउन जरुरी रहेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका खत्रीले सहकारीले आफ्ना शेयर सदस्यलाई उत्पादन संग जोड्दै ब्यावसायी बनाउने तर्फ लाग्नु पर्ने भनाई राख्नु भयो । संस्थाका प्रमुख सल्लाहाकार समेत रहनु भएका खत्रीले सहकारीको ऐन नियममा रहेर शेयर सदस्यहरुलाइ लगानी गर्नु पर्ने बताउनु भयो ।

    images
    images
    images

    कार्यक्रममा विद्यालयका १५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको थियो भने संस्थाको क्यालेण्डर समेत विमोचन गरिएको थियो । संस्थाका कोषाध्यक्ष ओम बहादुर अधिकारीको स्वागत तथा सह ब्यवस्थापक हर्क बहादुर खत्रीको संचालनमा भएको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहाकार जित बहादुर पाईजा, जनप्रिय माविका अध्यक्ष अमर लामिछाने लगायतले मन्तब्य राख्नु भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij