बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहमा मंगल पुष्करिणी दह धार्मिक महोत्सव सुरु

देवदहमा मंगल पुष्करिणी दह धार्मिक महोत्सव सुरु

images
  • 490
    SHARES

  • images
    images
    images
    देवदहमा मंगल पुष्करिणी दह धार्मिक महोत्सव सुरु
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा मंगल पुष्करिणी दह धार्मिक महोत्सव सुरु भएको छ। बिहिवार एक कार्यक्रम बीच दहमा महापरित्राण पाठ गरि महोत्सवको सुरूवात गरिएको हो । देवदह शितलनगर स्थित अन्तराष्ट्रीय भिक्षुणी विहारबाट मंगलपुष्करिणी दहसम्म कलश यात्रा गरि महोत्सवको औपचारिक सुरूवात गरिएको महोत्सव मूल आयोजक समिति संयोजक तथा देवदह–९ का वडा अध्यक्ष मोहन जिसीले जानकारी दिनु भयो ।

    महोत्सवको पहिलो दिन सकल प्राणी जगतमा सुख, शान्ति, समृद्धिको कामना गर्दै भिक्षु महासंघबाट मंगलपुष्करिणी दहमा महापरित्राण पाठ गरिएको छ । अखिल नेपाल भिक्षु महासंघका पुर्व केन्द्रीय अध्यक्ष तथा अन्तराष्ट्रीय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री महास्थवीरको नेतृत्वमा महापरित्राण पाठ गरिएको हो । महोत्सव उद्धाटन समारोहमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, देवदहका प्रथम नगर प्रमुख हिरा बहादुर खत्री, अन्तराष्ट्रीय भिक्षुणी महासंघ तथा यशोधरा भिक्षुणी बिहारकी अध्यक्ष न्यानवती गुरुमा लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै भिक्षु मैत्री महास्थवीरले बृहत्तर देवदह क्षेत्रको विकास आवश्यक रहेको बताउनु भयो । वहाँले ’देवदह एउटा महत्वपूर्ण क्षेत्र रहेको भन्दै, दहसंगै यहाँ रहेका अन्य बौद्धकालिन महत्वपूर्ण क्षेत्रको विकासले समग्र देवदहलाई समृद्ध बनाउने बताउनु भयो । भिक्षु मैत्री महास्थवीरले देव दह, बैरिमाई, कन्यामाई, पाकरीसहित पण्डितपुर र रामग्रामलाई समेत समेटेर विकास गरिनु पर्ने धारणा राख्नु भयो । महोत्सवको कलश यात्रामा स्थानीय संघ, संस्था र आमा समूहले व्यानरसहित संस्थागत प्रतिनिधित्व जनाएका थिए । भुपु सैनिक कल्याणकारी समाज, मगर संघ, उज्यालो लालटिन प्रतिष्ठान आदि संघसंस्थाले पानी, चिया लगायत वस्तु निशुल्क वितरण गरेका छन ।

    बौद्ध परम्परा अनुसार बिहिवार महापरित्राण गरि सुरु गरिएको महोत्सवमा शुक्रबार देखि श्रीमद्भागवत महापुराण सुरु हुनेछ। शुक्रवार हिन्दु परम्पराअनुसार कलश यात्रा गरि श्रीमद् भागवद महायज्ञ सुरु गरिने आयोजकले जनाएको छ। ऐतिहासिक मंगलपुष्करिणी (देव दह) को प्रचार प्रसारसंगै देवदह –९ स्थित सन्दिप आधारभूत विद्यालय र छाडा चौपाया व्यवस्थापनको लागि निर्मित गौशालालाई सहयोग जुटाउन महोत्सव आयोजना गरिएको देवदह ९ की वडा सदस्य कृष्णमाया रानाले जानकारी दिनु भयो । 

    महापरित्राण पाठको औपचारिक समारोह वडा अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक मोहन जिसीको अध्यक्षता, प्रगति सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष दुर्गबहादुर रानाको स्वागत र कमला अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij