लुम्बिनी पाना, देवदह ।रुपन्देहीको देवदहमा क्रियाशिल व्यापारीक संस्था देवदह व्यापार संघको नयाँ वर्ष २०८२ को भित्तेपात्रो विमोचन गरिएको छ।मङ्गलबार संस्थाको कार्यालयमा नयाँ वर्ष २०८२ को भित्तेपात्रो विमोचन एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा भित्तेपात्रो विमोचन गर्दै देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले देवदह व्यापार संघले व्यवसायीक तालीम, कार्यशाला गोष्ठी, रक्तदान लगायत सामाजिक कार्यहरू गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिन अनुरोध गर्नुभयो।
उहाँले राजश्व संकलनको सवालमा व्यवसायीक संस्थाहरु सङ्गको सुझाव अनुसार अगाडी बढेको भन्दै पछिल्लो समय व्यापारमा मन्दी देखिएको कारण चुनौती थपिएको र त्यस्ता खालका समस्याहरुलाई समाधानका लागि व्यवसायीहरु एकजुट भएर लाग्न जरुरी रहेको धारणा राख्नुभयो।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका देवदह नगर अध्यक्ष दिपक न्यौपाने, नेकपा एमाले जिल्ला कमिटी सदस्य विकास गहतराज, संस्थाका सल्लाहकार दिपक चापागाईं, पूर्व अध्यक्ष कुशलराज श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्दै व्यवसायीको हक हितका लागी व्यापार संघले खेलेको भूमिका प्रशन्सायोग्य रहेको बताउनुभयो।
कार्यक्रम संस्थाका अध्यक्ष कोष बहादुर गुरुङको अध्यक्षता, देवदह व्यापार संघका वरिष्ठ उपाध्यक्ष माधव ढकालको स्वागत र महासचिव हरिलाल भण्डारीको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij