बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहमा वाथरोगका विरामीको संख्यामा वृद्धि

देवदहमा वाथरोगका विरामीको संख्यामा वृद्धि

images
  • 717
    SHARES

  • images
    images
    images
    देवदहमा वाथरोगका विरामीको संख्यामा वृद्धि
    images
    images
    images

    लुम्बिनी पाना, देवदह ।देवदहरुपन्देहीको देवदहमा वाथरोगका विरामीहरुको संख्या अत्यधिक रहेको एक सर्वेक्षणले देखाएको छ । नगरपालिका अन्तर्गत ३ स्थानमा भएको स्वास्थ्य परीक्षणका क्रममा उक्त तथ्यांक देखा परेको हो । 

    देवदह नगरपालिकाको वडा नम्बर २,७ र १२ मा गरिएको स्वास्थ्य परीक्षणमा ४० वर्ष माथिका ४ सय जना महिला तथा पुरुषको सहभागिता रहेको थियो । उनीहरु मध्ये १ सय १५ जनामा विभिन्न प्रकारका वाथरोगका लक्ष्यण देखिएको नेशनल वाथरोग सेन्टर बुटवलका व्यवस्थापक अविनाश पल्लीले बताए।

    images
    images
    images

    उनले भने - स्वास्थ्य परीक्षणमा सहभागी भएका मध्ये झण्डै २७ प्रतिशतमा वाथरोगको लक्ष्यण देखिनुले यसका विरामीहरु थप हुन सक्ने जोखिम रहेको छ ।

    वाथरोगबाट जुनसुकै उमेर समुहका मानिसहरु प्रभावित हुने र समयमै यसको पहिचान गर्न सकिएमा रोगबाट बच्न सकिने समेत पल्लीले बताए ।

    देवदहमा यशोधरा भिक्षुणी विहार , देवदह-७, शितलनगर, वडा नम्बर २ र १२ को वडा समिती तथा स्वास्थ्य सेवा केन्द्रको व्यवस्थापनमा ३ स्थानमा स्वास्थ्य परीक्षण गरिएको थियो । नसर्ने रोग मध्ये वाथ रोग पनि जटिल रोग भएकोले यस रोगको निवारणका निम्ति जनचेतनाको आवश्यकता रहेको नेशनल वाथरोग सेन्टर काठमाडौकी वाथरोग विशेषज्ञ डा. स्वीकृति श्रेष्ठले वताईन ।

    डा. श्रेष्ठले भनिन- समयमै रोगको पहिचान गरि उपचार गरिएमा शारीरिक जटिलता कम हुने र मुटु, मृगौला जस्ता आन्तरिक अंगहरु जोगाउन सकिन्छ ।वाथरोगका विरामीहरुले लामो समय सम्म औषधि सेवन गर्नु पर्ने भएकाले राज्यले यस रोगका विरामीहरुका लागि उपचारको व्यवस्था गरि दिनु पर्ने डा. श्रेष्ठले वताईन ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij