लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदह- ८ विशालनगरमा केन्द्रिय कार्यालय रहेको गोधुली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बृहत रक्तदान कार्यक्रममा ५४ पोइट रगत संकलन भएको साकोसका व्यवस्थापक केशव अधिकारीले जानकारी दिए ।
नेपाल स्वयंमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्तव्य व्यक्त गर्दै क्षेत्रीले देवदहले रक्तदान नगरे बुटवलमा रगतको अभाव हुने धारणा व्यक्त गरे। रक्त संचार सेवा केन्द्र रुपन्देहीको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो।
स्थापना दिवसको अवसरमा गाउँ, टोल सरसफाईका लागि टोल विकास संस्था र आमा समुहलाई एक एक वटा डस्विन वितरण गरिएको थियोे । कार्यक्रम अध्यक्ष रमेश चन्द्र गैरेको अध्यक्षता, व्यवस्थापक केशव अधिकारीको स्वागत र सचिव बाल्मीकी पराजुुलीको सञ्चालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij